News Portal

जन्मदिनको अवसरमा गरिने खर्चलाई समाज सेवा गर्दै राष्ट्रिय युवा संघ नेपालका युवा नेता

हिमालीसंचार संवाददाता
४२४ पटक

सिन्धुपाल्चोक – सुरेन नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कार्यालय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं १ का ईन्चार्ज हुन्। सुरेन भनें विगत केही वर्षदेखि बसाईसराई गरि स्थायी रुपमा बाह्रबिसे नगरपालिका वडा नं. ८ मानेश्वारा घुमाङकोट बस्दै आएका छन। विगत देखि नै सुरेन समाजसेवामा सकेको सहयोग गर्दै आईरहेको थियो झन अहिलेको अवस्थामा आफ्नै आँखा अगाडी आफन्तहरु पिडामा परेको हेरेर बस्न सक्ने कुरै भएन।

गत २५ गते देखि सिन्धुपाल्चोकमा लगातार एकपछी अर्को स्थानहरुमा बाढी पहिरोका कारण धेरै धनजनको क्षति भैरहेको छ। हजारौं जनताहरु घरबार बिहिन भैसकेका छन्। धेरै क्षति बाह्रबिसेको जम्बु क्षेत्रमा भए भनें भोटेकोसी र जुगलका केहि वडाहरु पनि पिडित भएका छन्। सुरेन लगातार जम्बु बाढी पहिरो पिडितलाई उद्धार गर्ने देखि व्यवस्थापन गर्न खटिरहनुभएको छ।

साथै बाह्रबिसे नगरपालिका वडा न:८ को मंगले तामाङको भतिज फुर्बा तामाङको छोरी जय गोल्मा आधारभुत विध्यालयमा अध्यानरत छात्रा लक्ष्मी तामाङको मिर्गौला सुन्नियेको, प्रोटिनको कमी देखिएको र अझै सुधार आउन बाकी रहेको हुँदा हाल कान्ति बाल अस्पतालमा उपचार गराइरहेका जानकारी बिध्यालय ब्यबस्थापन का अध्यक्ष मिलन तामाङले दिएका छन्।

सिन्धुपाल्चोकका युवा नेता प्रतिनिधिसभा १ रास्ट्रिय युवा संघ नेपालका इन्चार्ज सुरेन बिक्रम योन्जन र उहाँको छोरा दोचिन बिक्रम योन्जनले आफ्नो आउदै गरेको जन्मदिनको अवसरमा गरिने उत्सब खर्च पिडितलाई दिने निर्णय गरी मिर्गौला पीडित लक्ष्मी तामाङलाई नगद १५ हजार हस्तान्तरण गरेका छन्।

उहाँले गत वर्षमा पनि उहाँ को जन्म दिनको अवसर मा श्री सिताराम आधारभुत बिधालय घुडेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै २५ थान बिधालय पोसाक सहयोग गर्नु भएको थियो। जय गोल्मा आधरभुत बिधालय परिवारबाट युवा नेता समाजसेवी सुरेन बिक्रम योन्जन र दोचिन बिक्रम योन्जनलाई हार्दिक धन्यवाद दिएका छन्।

सुरेन बिक्रम योन्जन भान्छन आर्थिक हिसाबले म पनि मध्यम बर्गकै युवा हु। तर नि सामाजिक कार्य गर्दा भित्री आत्म देखिनै सन्तुष्ट मिल्छ। सामाजिक काम गर्न कहिले पछि ह्ट्दिन भनेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...