News Portal

  • जन्मदिनको अवसरमा गरिने खर्चलाई समाज सेवा गर्दै राष्ट्रिय युवा संघ नेपालका युवा नेता

    हिमालीसंचार संवाददाता
    ३६५ पटक

    सिन्धुपाल्चोक – सुरेन नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कार्यालय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं १ का ईन्चार्ज हुन्। सुरेन भनें विगत केही वर्षदेखि बसाईसराई गरि स्थायी रुपमा बाह्रबिसे नगरपालिका वडा नं. ८ मानेश्वारा घुमाङकोट बस्दै आएका छन। विगत देखि नै सुरेन समाजसेवामा सकेको सहयोग गर्दै आईरहेको थियो झन अहिलेको अवस्थामा आफ्नै आँखा अगाडी आफन्तहरु पिडामा परेको हेरेर बस्न सक्ने कुरै भएन।

    गत २५ गते देखि सिन्धुपाल्चोकमा लगातार एकपछी अर्को स्थानहरुमा बाढी पहिरोका कारण धेरै धनजनको क्षति भैरहेको छ। हजारौं जनताहरु घरबार बिहिन भैसकेका छन्। धेरै क्षति बाह्रबिसेको जम्बु क्षेत्रमा भए भनें भोटेकोसी र जुगलका केहि वडाहरु पनि पिडित भएका छन्। सुरेन लगातार जम्बु बाढी पहिरो पिडितलाई उद्धार गर्ने देखि व्यवस्थापन गर्न खटिरहनुभएको छ।

    साथै बाह्रबिसे नगरपालिका वडा न:८ को मंगले तामाङको भतिज फुर्बा तामाङको छोरी जय गोल्मा आधारभुत विध्यालयमा अध्यानरत छात्रा लक्ष्मी तामाङको मिर्गौला सुन्नियेको, प्रोटिनको कमी देखिएको र अझै सुधार आउन बाकी रहेको हुँदा हाल कान्ति बाल अस्पतालमा उपचार गराइरहेका जानकारी बिध्यालय ब्यबस्थापन का अध्यक्ष मिलन तामाङले दिएका छन्।

    सिन्धुपाल्चोकका युवा नेता प्रतिनिधिसभा १ रास्ट्रिय युवा संघ नेपालका इन्चार्ज सुरेन बिक्रम योन्जन र उहाँको छोरा दोचिन बिक्रम योन्जनले आफ्नो आउदै गरेको जन्मदिनको अवसरमा गरिने उत्सब खर्च पिडितलाई दिने निर्णय गरी मिर्गौला पीडित लक्ष्मी तामाङलाई नगद १५ हजार हस्तान्तरण गरेका छन्।

    उहाँले गत वर्षमा पनि उहाँ को जन्म दिनको अवसर मा श्री सिताराम आधारभुत बिधालय घुडेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै २५ थान बिधालय पोसाक सहयोग गर्नु भएको थियो। जय गोल्मा आधरभुत बिधालय परिवारबाट युवा नेता समाजसेवी सुरेन बिक्रम योन्जन र दोचिन बिक्रम योन्जनलाई हार्दिक धन्यवाद दिएका छन्।

    सुरेन बिक्रम योन्जन भान्छन आर्थिक हिसाबले म पनि मध्यम बर्गकै युवा हु। तर नि सामाजिक कार्य गर्दा भित्री आत्म देखिनै सन्तुष्ट मिल्छ। सामाजिक काम गर्न कहिले पछि ह्ट्दिन भनेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर आगामी १२ डिसेम्बरमा सञ्चालन हुने

    कुवेत -कुवेतस्थित नेपाली राजदूतावासले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूको लागि निःशुल्क...

    रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

    काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो...

    जेन्जी मुभमेन्ट नेपालले भन्यो: सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त

    काठमाडौँ, मंसिर ८ — सुशीला कार्की नेतृत्वको सरकारमाथि गम्भीर भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका आरोप...

    सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

    काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका...

    भारतसँगको विद्युत् सम्झौतापछि नेपालले एक अर्ब २० करोड जोगायो

    काठमाडौं, मंसिर ८ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँगको नयाँ विद्युत् सम्झौता...