News Portal

बालिका खड्काले मुख्यमन्त्री राईसंग लिखित माफी मागिन्

हिमालीसंचार संवाददाता
५०१ पटक

काठमाण्डौ – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको बिषयमा दुरुत्साहन झुटो आरोप लगाएको स्वीकार गर्दै बालिका खड्काले नेपाल कम्युनिष्ट पार्टी नेकपा कार्यालयमा पुगेर लिखित माफी मागेकी छन् ।

बालिका खड्काले नेकपा कार्यालय धुम्बाराही नै पुगेर दुबै अध्यक्ष, महासचिव लगायतलाई सम्बोधन गर्दै लेखिएको माफी पत्र पार्टीमा दर्ता गराएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् ।

बालिका खड्काले “पछिल्लो समयमा मैले अरुको दुरुत्साहनमा परी तत्कालिन सञ्चारमन्त्री तथा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मैले गलत आरोप र लान्छना लगाउन पुगेँ । मैले केही सार्वजनिक सञ्चार माध्यमहरुमा दाबी गरे जस्तो उहाँसंग कुनैपनि सम्बन्ध र सम्पर्क नरहेको स्पष्ट पार्न चाहन्छु” पार्टीमा बुझाईएको पत्रमा लेखिएको छ ।

“अरुको दुरुत्साहनमा पर्नाले मबाट कमरेड शेरधन राई प्रति भएको अन्याय र पीडा प्रति पुन क्षमायाचना माग्दै मेरो कारणले शेरधन राई लगायत अन्य ब्यक्ति, समुह, पार्टी वा अन्य निकायमा पर्न गएको भ्रम तथा नकारात्मक प्रभाव र असर प्रति सार्वजनिक रुपमै माफी माग्दछु ।” खड्काले केही दिन अघि मात्र मुद्धा फिर्ता लिएकी थिइन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ८ गतेको राशिफल

आज फागुन ८, २०८२ ( फेब्रुअरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले वाचा गरे– सरकार गठनको १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता

काठमाडौं, ७ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व पाए...

जेनजी युवालाई उपसभापति विश्वप्रकाशको प्रश्न– विद्रोपपछि कुन दल परिवर्तन भयो?

काठमाडौं, ७ फागुन – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले मोरङ–१, केराबारीमा बिहीबार आयोजित चुनावी...

समस्या समाधानपछि मात्र निर्वाचनमा जानुपर्ने राप्रपाको धारणा

काठमाडौं, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी ले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा सार्वजनिक गरिएको हालैको...

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...