News Portal

कोरोना कहरमा कार्यकर्ता तानातान अति भो : उपमेयर बिमला राई

हिमालीसंचार संवाददाता
४५२ पटक

खोटाङ – ‘अहिले भरपुर चुनाव आएजस्तो भइरहेको छ। म आफै पनि त्यही कुरामा होमिएको छु। यसले सायद राजनैतिक परिवर्तन संख्यामा त होला तर विचारमा परिवर्तन हुँदैन ।’ यो भनाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको हो।

४१ औं सामाजिक सेवा दिवसको अवशरमा गैरसरकारी संस्था महासंघले मंगलबार दिक्तेलमा आयोजना गरेको ‘कार्यपत्र प्रस्तुत तथा अन्तरक्रीया’ कार्यक्रममा आफ्नो धारणा राख्दै उपमेयर राईले कोरोनाको महामारीकाबीचमा जिल्लामा राजनैतिक दलबीचमा कार्यकर्ता तानातान गर्ने होडबाजी चलेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।

उपमेयर राईले विकास निर्माणको प्रतिष्पर्धा गर्नका लागि जिल्लामा क्रियासिल राजनैतिक दललाई आग्रह गरेकी हुन्। जिल्लामा केही समय यता कोरोना संक्रमण फैलिरहेकै समयमा कार्यकर्ता तानातान गर्ने होड चलेकाले उपमयेर राईले यस्तो अभिव्यक्ती दिएकी हुन। ‘राजनितीको नाममा कार्यकर्ता तानातान चलिरहोको देखिन्छ। 

हामीले विकास दिन नसकेका हौं की, हामी आफै रुपान्तरित हुन नसकेको हो?  अहिले चुनाव आएजस्तो भइरहेको छ । म आफै पनि त्यही कुरामा होमिएको छु । यसले सायद राजनैतिक परिवर्तन संख्यामा त होला तर विचारमा परिवर्तन हुन्छ की हुँदैन,’ उपमेयर राईले प्रतिप्रश्न गरेकी हुन्। ‘जनतामाझ हामीले कति भ्रमहरु सिर्जना गरेका छौँ । त्यो कुरा अहिले फर्केर हेर्दा कता–कता आफैलाई लाज लाग्छ। 

जिल्लामा राजनैतिक प्रतिष्पर्धा हुनुपर्छ, म मान्छु । तर अव विकास निर्माणको प्रतिष्पर्धा गरौं ।’ उपमेयर राईले जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेश सांसदलाई कार्यकर्ता तानातानमा भन्दा स्थानीय सरकारलाई सहयोग गर्न र घचघच्याउनका लागि सहयोग गर्न आग्रह समेत गरिन् । 

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...