News Portal

  • कोरोना कहरमा कार्यकर्ता तानातान अति भो : उपमेयर बिमला राई

    हिमालीसंचार संवाददाता
    ३९३ पटक

    खोटाङ – ‘अहिले भरपुर चुनाव आएजस्तो भइरहेको छ। म आफै पनि त्यही कुरामा होमिएको छु। यसले सायद राजनैतिक परिवर्तन संख्यामा त होला तर विचारमा परिवर्तन हुँदैन ।’ यो भनाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको हो।

    ४१ औं सामाजिक सेवा दिवसको अवशरमा गैरसरकारी संस्था महासंघले मंगलबार दिक्तेलमा आयोजना गरेको ‘कार्यपत्र प्रस्तुत तथा अन्तरक्रीया’ कार्यक्रममा आफ्नो धारणा राख्दै उपमेयर राईले कोरोनाको महामारीकाबीचमा जिल्लामा राजनैतिक दलबीचमा कार्यकर्ता तानातान गर्ने होडबाजी चलेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।

    उपमेयर राईले विकास निर्माणको प्रतिष्पर्धा गर्नका लागि जिल्लामा क्रियासिल राजनैतिक दललाई आग्रह गरेकी हुन्। जिल्लामा केही समय यता कोरोना संक्रमण फैलिरहेकै समयमा कार्यकर्ता तानातान गर्ने होड चलेकाले उपमयेर राईले यस्तो अभिव्यक्ती दिएकी हुन। ‘राजनितीको नाममा कार्यकर्ता तानातान चलिरहोको देखिन्छ। 

    हामीले विकास दिन नसकेका हौं की, हामी आफै रुपान्तरित हुन नसकेको हो?  अहिले चुनाव आएजस्तो भइरहेको छ । म आफै पनि त्यही कुरामा होमिएको छु । यसले सायद राजनैतिक परिवर्तन संख्यामा त होला तर विचारमा परिवर्तन हुन्छ की हुँदैन,’ उपमेयर राईले प्रतिप्रश्न गरेकी हुन्। ‘जनतामाझ हामीले कति भ्रमहरु सिर्जना गरेका छौँ । त्यो कुरा अहिले फर्केर हेर्दा कता–कता आफैलाई लाज लाग्छ। 

    जिल्लामा राजनैतिक प्रतिष्पर्धा हुनुपर्छ, म मान्छु । तर अव विकास निर्माणको प्रतिष्पर्धा गरौं ।’ उपमेयर राईले जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेश सांसदलाई कार्यकर्ता तानातानमा भन्दा स्थानीय सरकारलाई सहयोग गर्न र घचघच्याउनका लागि सहयोग गर्न आग्रह समेत गरिन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...