News Portal

नेकपाले विराटनगरमा साढे ८ हजार मास्क वितरण गर्‍यो

हिमालीसंचार संवाददाता
३६३ पटक

विराटनगर – नेपाल कम्युनिस्ट पार्टी नेकपा विराटनगरले विराटनगरका साढे ८ हजार सर्वसाधारण मास्क वितरण गरेको छ ।नेकपाले सोमबार मात्रै साढे ३ हजार मास्क वितरण गरेको हो ।

यसअघि विराटनगरको बसपार्क क्षेत्रबाट गुद्री बजार क्षेत्रमा नेकपाका नेता कार्यकर्ताले मास्क वितरण गरेका थिए । हालसम्म हामीले ८ हजार ५ सय सर्वसाधारण जनताहरुलाई मास्क वितरण गरेको नेकपा विराटनगरका अध्यक्ष सागर थापाले बताए ।

नेकपा विराटनगरका सचिव हेम कार्कीका अनुसार मास्क वितरण बाहेकका अरू अभियान पनि जारी रहेको छ । नेकपा विराटनगर कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा सचेतनाका लागि नेकपाले होम आइसोलेसनमा बसेकाहरूलाई सहायता प्रदान गर्ने, सडकमा हिडिंरहेका मानिसलाई सर्जिकल मास्क वितरण गर्ने, कोरोना संक्रमण तथा रोकथामको लागि सरकारी निकायलाई सल्लाह सुझाव दिने काम गरिरहेको उनको भनाइ छ ।

त्यस्तै, नेकपाले विराटनगरको वडा नं. ६ का ५० जना कोरोना संक्रमित र उनका परिवारलाई भेटेर अमृत चिया, चेवनप्रास, बिस्कुट र गेडागुडीको प्याकेज वितरण गरेको छ । 

राहत प्याकेज तथा मास्क खरिदका लागि नेकपा जिल्ला कमिटी सदस्य तथा विराटनगरका व्यवसायी गिरेन्द्र कार्कीले सहयोग  गरेका हुन। विराटनगरका करिब १ हजार बढी संक्रमित घरमा पुगेर अवस्थाबारे जानकारी लिने र सहयोग गर्ने गरेको सचिव कार्कीको भनाइ छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...