News Portal

“संवेदनशील अवस्थामा सडकमा प्रदर्शन नगरिदिनुहुन अनुरोध” : कुलमान धिसिङ

हिमालीसंचार संवाददाता
४५९ पटक

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो समर्थनमा नारा जुलूस सहित भिडभाड नगरिदिन सबैमा आग्रह गरेका छन् । घिसिङले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि उपत्यकासहित देशका विभिन्‍न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्‍न गरी चारवर्षे कार्यकाल पूरा बताउदै, ‘‘प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवम् स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नैपर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ,’’ घिसिङले भनेका छन् ।

त्यस्तै, उनले विज्ञप्तिमा थप भनेका छन्, ‘‘विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण नेपाल पनि आक्रन्त भएका वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी माहामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’’ भनेर कुलमान धिसिङले आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...