News Portal

“संवेदनशील अवस्थामा सडकमा प्रदर्शन नगरिदिनुहुन अनुरोध” : कुलमान धिसिङ

हिमालीसंचार संवाददाता
४३९ पटक

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो समर्थनमा नारा जुलूस सहित भिडभाड नगरिदिन सबैमा आग्रह गरेका छन् । घिसिङले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि उपत्यकासहित देशका विभिन्‍न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्‍न गरी चारवर्षे कार्यकाल पूरा बताउदै, ‘‘प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवम् स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नैपर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ,’’ घिसिङले भनेका छन् ।

त्यस्तै, उनले विज्ञप्तिमा थप भनेका छन्, ‘‘विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण नेपाल पनि आक्रन्त भएका वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी माहामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’’ भनेर कुलमान धिसिङले आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...