News Portal

  • पुस मसान्तसम्म गेउरिया पुल निर्माण नभए सराउद्विन जेबि कालाे सुचिमा जाने

    हिमालीसंचार संवाददाता
    ४३२ पटक

    रबिन्द्र बराल, मोरङ – मोरङको रंगेली कानेपाेखरी सडक खण्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका २ स्थित गाेउरीया पुल निर्माण कार्य सुरु भएको ६ बर्ष बितिसक्दा समेत उक्त ठाउँमा पुल निर्माण हुन सकेकाे छैन ।

    वि.स. २०७१ सालमा फिचर एण्ड सराउद्धिन जेविले १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कराेड १८ लाख रुपैयाँमा पुल निर्माणकार्यका लागि ठेक्का पाएकाे थियोे । उक्त कम्पनीले उक्त पुलकाे ३ फिट मुनिबाट पिलरकाे काम गरेता पनि ६ बर्ष बितिसक्दा समेत पुलको १ प्रतिशत समेत काम भने भएको छैन ।   

    डाइभ्रेसन समेत राम्रो नहुदा स्थानीयलाई  आवतजावतमा समस्या हुदै आईरहेकाे छ। सिंहदरबारको अधिकार गाउँमा पुगेको पनि ३ बर्ष पुगेता पनि जनताले  पुल निर्माण भएको भने हेर्ने पाएका छैनन् । अहिलेसम्म पुल बनाउने ठेक्का लिएर छाडेको ठेक्केदारलाई कुनै कार्वाही भने हुन सकेको छैन।

    सरकार विभिन्न कन्ट्रकसनहरुलाई काम नगरेकालाई कार्वाही गरेता पनि सराउद्विन जेविलाई भने ६ बर्ष देखि अलपत्र छाडेको भएता पनि सरकारले अहिलेसम्म पनि किन कार्वाही गर्ने नसकेको स्थानीयले बताए । 

    सडक डिभिजन कार्यलय माेरङका प्रमुख पशुपति ज्ञवालीका अनुसार नेपाल सरकारले काम नगरेर बसेको अवस्थामा सार्वजनिक नियम खरिद सम्साेधनमा एक पल्टकाे लागि सबै राज्यले एक पल्टको लागि समय दिएकाे हुनाले गेउरिया पुलको निर्माणकार्यका लागि पुस मसान्तसम्मका लागि समय दिएकाे र असाेज  साता देखि काम सुरु गर्ने    अब पनि काम सुरु नगरेमा उक्त कम्पनीलाई कालाे सुचिमा राख्ने समेत चेतावनी दिएकाे ज्ञवालीले बताए । 

    दैनिकी सयौं सवारीसाधनहरु आवतजावत गर्ने साे सडकमा  अहिले पुल निर्माण नहुदा यात्रुहरुले समस्या झेल्दै आईरहेका छन। लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले रंगेली कानेपाेखरीको सडक कालोपत्रे गर्नेकामको अन्तिम चरणमा पुगेता पनि गेउरीया पुल  भने बन्न सकेको छैन । 

    अहिले रंगेली नगरपालिका भित्र काे ६ किलोमिटर सडकमा कालाेपत्रे काे काम असाेज भित्रमा सम्पन गरिने र फुटपातको काम दुई महिना भित्र सम्पन्न गरिने लामा डाँफे द कन्चनजंधा कन्ट्रसनका प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए ।

    उक्त सडक ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने भएको हाे। पिच गरिएको दायाँ बायाँ २ मिटर ग्राभेल लगाई सकेको छ ।२०७४ असार ६ गते कामको जिम्मा पाएको लामा, डाँफे, द कन्चनजंघा कन्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि  काेराना भाईरस का कारणले गर्दा काम भने सम्पन्न हुन ढिलाइ भएको लामाले बताए। 

    कानेपाेखरी देखि रंगेली सम्म २५.४ किलोमिटर लम्बाईको योजनामा कूल रु ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माणको लागी ठेक्का लागेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर आगामी १२ डिसेम्बरमा सञ्चालन हुने

    कुवेत -कुवेतस्थित नेपाली राजदूतावासले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूको लागि निःशुल्क...

    रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

    काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो...

    जेन्जी मुभमेन्ट नेपालले भन्यो: सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त

    काठमाडौँ, मंसिर ८ — सुशीला कार्की नेतृत्वको सरकारमाथि गम्भीर भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका आरोप...

    सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

    काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका...

    भारतसँगको विद्युत् सम्झौतापछि नेपालले एक अर्ब २० करोड जोगायो

    काठमाडौं, मंसिर ८ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँगको नयाँ विद्युत् सम्झौता...