News Portal

विधार्थी सिकाइ सहजीकरणको तयारी गर्दै विधालयहरु

हिमालीसंचार संवाददाता
४२२ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको भाद्र १९ गतेको मन्त्रीस्तरिय निर्णयानुसार स्वीकृत विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसार जुगल  पालिका वडा ५, खमारे स्थित श्री रस्मेश्वर माध्यमिक विधालयले सिकाइ सहजीकरण गर्न अध्यक्ष रबिन्द्र घिमिरेको अध्यक्षतामा बैठक बसेका छन।

बिद्यालयका ब्याबस्थापन समिति, शिक्षक, अभिभावक संघ र कार्यरत शिक्षकहरु बिच छलफल भएको छ । अभिभावकहरुबाट प्राप्त सुझावको आधारमा विधालय सेवा क्षेत्रलाई ३ समुहमा  बिभाजनगरी प्रत्येक समुहलाई साप्ताहिक २ दिन कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्याइ यही असोज ७ गतेदेखि  बिधालयमा नै सिकाइ सहजीकरण गरिने भएको हो । 

समूह १ अन्तर्गत जुगल  गाउँपालिका-५ खमारे, जुगल- ६  हगाम खानी डाडा, बलेफी, गाउँपालिका – १  बिप्लुङ, चिलाउने ,खड्का टोल र समूह – २ अन्तर्गत जुगल- ५ राम्चे , बालुवा, कपासे  जुगल १- कुनेगाउँ, बादसिम्ले, चेपे भने समूह- ३ अन्तर्गत जुगल- ५ ढाँडे, बलेफी -१ सिम्ले र डाेबाटे नयाँ बस्तीहरुमा कार्यक्रम रहेको शिक्षक महासंघका अध्यक्ष तथा प्रधानध्यापक कृष्ण घिमिरेले जानकारी दिए।

शैक्षिक क्रियाकलाप संचालन सुरक्षा मापदण्ड अपनाई शैक्षिक गतिविधि अगाडि बढ्ने समेत घिमिरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...