News Portal

  • सरकारले कार्यअवधिको समिक्षा गर्छ -मुख्यमंत्री राई (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३३० पटक

    धरान – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज संविधान दिवसको शुभकामना दिदै सरकारले आफ्नो मध्यावधि कार्यअवधिको समिक्षा गर्ने बताएका छन् ।

    आज बिहान संविधान दिवसको अवसरमा भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राईले केही दिनमा सरकारको मध्यावधि कार्यअवधिको समिक्षा गर्ने र बाँकी कार्यअवधिमा गरिने कार्यहरुको योजना पनि प्रस्तुत गर्ने बताएका थिए । ‘प्रदेश सरकार आफ्नो मध्यावधि कार्यअवधिको समिक्षा गर्दै आगामी बाँकी कार्यअवधिमा गरिने कार्यहरुको योजनासहित केही दिनमा प्रस्तुत हुन गइरहेकोसमेत जानकारी गराउन चाहन्छु,’मुख्यमन्त्री राईले भनेका छन् । 

    प्रदेश सरकारले पहिलो आवधिक योजनाको थालनी गरेको उल्लेख गर्दै मुख्यमन्त्री राईले कृषि, पपर्यटन, उद्योग, पुर्वाधार विकास, समाजिक तथा मानवीय विकास सरकारको प्राथमिकतामा रहेको समेत बताए। ‘समावेशी सहभागिता र न्यायपुर्ण समाज निर्माणलाई हामीले महत्व दिएका छौं । सबै समुदायको धर्म, सँस्कृति, भाषा, लिपि र कलाको संरक्षण गर्दै राष्ट्र निर्माणलाई मजबुद बनाउने अभिप्राय छ,’मुख्यमंत्री राईले भनेका थिए। 

    समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रदेश नं १ सरकार पनि क्रियाशिल रहेको राईले बताए । यो अभियानलाई सफल बनाउन स्वच्छ, सुशी र समुन्नत प्रदेश बनाउने प्रादेशिक मुल नाराका साथ प्रदेश सरकार अघि बढीरहेको मुख्यमंत्री राईको भनाई छ । ‘यस सन्दर्भमा चुनौती धेरै छन् तर हाम्रो दृढ अठोटले लक्ष्य हासिल हुने कुरामा कुनै शंका छैन । समाजका सबै वर्ग, समुह, पेशा, क्षेत्रको सहकार्य आवश्यक छ,’ राईले भनेका छन्।

    नेपालको संविधान २०७२ नेपाली जनताको लामो संघर्ष, वलिदान र प्रतिक्षा पछि जनभावना र अपेक्षा सम्बोधन गर्ने दस्तावेज भएको पनि उनले बताए । साथै, यो संविधान सबै जाति, भाषा,धर्म, सँस्कृति, लिंग, वर्ण र भुगोलको जनतालाई एकताको सुत्रमा आवद्ध गर्ने माध्यम र राष्ट्र निर्माणको आधार स्तम्भ भएको पनि मुख्यमन्त्री राईले बताएका छन् ।

    ‘नेपालको संविधानले धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चिततता गुर्नको साथै सबै वर्ग,क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको छ । यो संविधानले लामो समयको राजनीतिक द्धन्द र संक्रमणको विधिवत अन्त्य गरि नेपाली जनतालाई पुर्णरुपमा सार्वभौम बनाएको छ,’सन्देशमा भनिएको छ,‘आजको यसदिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा र यसप्रति सबै नेपाली संकल्पित हुने मैले विश्वास लिएको छुँ ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...