News Portal

राहत सहयोग गर्दा नगरपालिका संग समन्वय गरेर एकद्वार प्रणाली अनुरूप सहयोग गर्न आग्रह – उपमेयर पाख्रिन

हिमालीसंचार संवाददाता
६४४ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नगपुजे गत २८ गते राती खसेको पहिरोले पहिरोले २२ घर पुरिनुका साथै २ सय २२ घर उच्चजोखिममा रहेका छन्। पहिरो पिडीतका लागि सहयोग गर्नु हुने विभिन्न संघसंस्था, सहयोगीदाताहरुमा एकद्वार प्रणाली अबलम्बन गरिदिन हुन उपमेयर सुशील पाख्रिनले अनुरोध गरेका छन्। 

नागपुजे भिर्खरकमा जम्मा ३१ जना बेपत्ता भएका मध्ये १६ जनाको शव भेटिए १५ जना अझै वेपत्ता छन् । सिन्धुपाल्चोक जिल्ला यसवर्ष धेरै खाले जोखिममा मुसिदै आइरहेको छ। सुरुमा जम्बू पहिरो त्यसपछि जुगल गाउपालिकामा लिदी पहिरो त्यसैगरी घुम्थाङ र नागापुजेमा पहिरो जाँदा धेरै धनजनको क्षति भएको छ । मानवीय क्षती कयौको घरबार नै उजाड बनेको अवस्था छ। कसैका घर सम्पत्तिका नाममा रहेका सबै जग्गा जमीन पहिरोले बगाएर घरको न घाटको पारेको अवस्था छ । 

सिन्धुपाल्चोकमा रहेका सम्पूर्ण राजनैतिक दलहरु, समाजसेवी, संघ संस्थाहरुले राहत सामग्री बोकेर आउने क्रम पनि जारी नै देखिन्छ। हुन त हामी शोकमा छौ, पिडामा छौ, बाह्रबिसे नगरपालिका प्रकृतिक प्रकोपबाट धेरै नै क्षतिग्रस्त स्थानहरु छन। सम्भावित स्थानहरु पनि त्यसैले एकद्वार प्रणालीबाट अघि बढौ।

कोभिड-१९ का कारण भिडभाड गर्न नहुने सामाजिकदूरी कायम गर्नु पर्ने स्वस्थ्य असुरक्षित हुनुबाट सजग हुनु पर्ने जस्ता कार्य गर्नु पर्ने भएकोले राहत वितरण कार्य एकद्वार प्रणाली अबलम्बन गर्नको लागि  सहयोग गर्न चाहानु हुने दाताहरुबाट प्राप्त नगद तथा जिन्सी सामानहरुको नगरपालिकासंग समन्वय गरेक राहत वितरण कार्यमा एक रूपता ल्याउन सहयोग गरिदिनुहुन सम्पूर्ण सहयोगी दाताहरुलाई बाह्रबिसे नगरपालिकाको उपमेयर सुशिला पाख्रीनले अनुरोध समेत  गरेकी हुन् ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...