News Portal

आफ्नै बाबुबाट बलात्कृत, करणी गर्ने बुबा कारागार चलान

हिमाली संचार संवाददाता
५३५ पटक

झापा –  जन्मदिने आमाले घर छाडेको डेढ वर्ष भयो । आमा हिडेपछि ७ र १२ वर्षका नाबालिका बावुको सहारामा बसेका थिए । तर आफ्नै बाबुले ती अबोध बालिकामध्ये ठुली छोरीलाई पटक – पटक करणी गरे ।

छोरीले सहन सकुञ्जेल कसैलाई भनिनन् जब पटक – पटकको यौन हिंसाका कारण उनलाई रक्तश्राव हुन थाल्यो त्यसपछि बाबुले गरेको अनैतिक कार्य आफ्नै साथीलाई सुनाइन्। साथीले आमालाई सुनाएपछि घट्ना सार्वजनिक भयो ।

घट्ना गएको असार ३१ गते राती साढे ९ बजे पुनः भयो । आफ्नै नाबालिका छोरीलाई एक महिना यताबाट पटक-पटक करणी गरेको छिमेकीले जानकारी पाए । घट्नाको जानकारीका आधारमा सुनसरी धरान उपमहानगरपालिका–१३ घर भई हाल झापाको साविक गरामनी गाविस हाल बिर्तामोड नगरपालिका ८ मा डेरा गरी वस्ने अन्दाजी ३५ वर्षिय लिम्बू थरका बावुलाई इलाका प्रहरी कार्यालय विर्तामोडले घट्ना भएकै राती नियन्त्रणमा लियो ।

बाबुलाई प्रहरीले लगेपछि पीडित बालिकासहित उनकी ७ वर्षिया बहिनी बेसाहरा बने । छिमेकी लगायत प्रहरी प्रशासनले आफन्तको खोजि गर्दा जिम्मा लिने कोही नभएपछि पीडित बालिकासहित दुवैलाई एकल महिलाद्धारा सञ्चालित भद्रपुर १० मा रहेको छहारी घरमा राखियो। छहारी घरकी संयोजक रेखा अधिकारीको प्रत्यक्ष निगरानीमा ती बालिकाको लालन पालन शुरु भयो।

आरोपित विरुद्ध मुद्दा दर्ता गराइएको समूहकी अध्यक्ष अधिकारीले बताइन् । आमा पहिले नै घर छाडेर हिंडेकी र पीडितको ७ वर्षिया बहिनी मात्र रहेकाले कोही नभएपछि समूहको तर्फबाट मुद्दा दर्ता गराइएको उनले बताइन् ।

एक दिनको कुरा हो, कोठामा रहेको भेन्टीलेसनबाट निस्किएर उनीहरु भागेछन्। भाग्दै गरेको अवस्थामा नजिकै रहेको चन्द्रगढी विमानस्थलबाट फेला पारेर छहारीमा ल्याएको अधिकारी बताउँछिन् । ‘वैनीले भागुम भनि अनि भागेको तर, यहाँको आमाले भेटाइहाल्नु भयो ।’ ती ७ वर्षिया बालिकाले सुनाइन् ।

छहारी घरमा बसेको ६४ दिनपछि बुधबार इटहरी स्थित एसओेएस बालग्रामले उनीहरुलाई अभिभावकत्व ग्रहण गरेको छ । इटहरीबाट आएको सो संस्थालाई नियमअनुसार हस्तान्तरण गरिएको अधिकारी बताउँछिन् । छहारीमा राखेर उनीहरुको जन्म दर्ता र स्कुलको चारित्रिक प्रमाण पत्र समेत बनाइएको उनले बताइन् । बसाई अवधिभरको खाना खर्च विर्तामोड नगरपालिकाले लिएको थियो । 

बिर्तामोड नगरपालिका र ईलाका प्रहरी कार्यालय बिर्तामोडको सिफारिसका आधारमा बालग्रामलाइ दिने निर्णय भएपछि त्यसो गरिएको उनले बताइन् । बालग्रामलाई जानकारी लगायत सहजकर्ताको भूमिका एविसी नेपालले गरेको थियो । आरोपितलाई भने पुर्वपक्षका लागि झापा कारागारमा राखिएको डिएसपी राकेश थापाले बताए । रासस 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...