News Portal

नेपाली रेल जयनगर आइपुग्यो, आज जनकपुरमा भब्य स्वागत गर्ने

हिमाली संचार संवाददाता
३७९ पटक

जनकपुर – नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर चल्ने रेल बिहीवार साँझ साढे ६ बजे जयनगर आइपुगेको छ। आज शुक्रवार मध्यान्ह सम्म उक्त रेलका सेट जनकपुर स्टेशन आइपुग्ने छ। रेलका अधिकांश डब्बा प्लाष्टिकले छोपिएको छ। रेल नेपालको राष्ट्रिय झण्डा रंगले रँगिएको छ। जनकपुर आएपछि रेलको भव्य स्वागत गरिने तयारी छ ।

सरकारले ८६ करोडमा भारतीय कम्पनीबाट दुई सेट रेल खरिद गरिएको हो। रेल शुक्रवार नै जनकपुर आइपुगे पनि औपचारिक रुपमा सञ्चालन दशैँ तिहारपछि गर्ने तयारी रहेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सिल गरिएका कारण तयार भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको थियो। रेल्वे विभागले केही दिन अगाडी भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेपछि रेल आज जनकपुर आइपुग्ने भएको हो।

रेलको परीक्षणपछि औपचारिक रुपमा रेल्वे विभागले बुझ्नेछ। रेल चलाउन रेल्वे विभागले तीन दिनअघि मात्र १ सय २९ कर्मचारीको नियुक्तिका लागि आवेदन खुला गरिएको छ। कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ। कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल्वे ससेवा संचालन गरिने बताइएको छ।

रेल सञ्चालनका लागि केही प्राविधिक टोली भने भारतबाटै ल्याइनेछ। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत ल्याइएको हो। भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो

रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ। यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ। यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी रहेको छ ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...