News Portal

सामान्य प्रशासनले गर्‍यो १७ शाखा अधिकृतको सरुवा

हिमालीसंचार संवाददाता
४९९ पटक

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विभिन्न गाउँपालिका तथा मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरूलाई सरुवा गरेको छ। मन्त्रालयले १७ जना शाखा अधिकृतको सरुवा गरेको हो।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सत्यनारायण शाहलाई जानकीनन्दनी गाउँपालिका धनुषा, गृह मन्त्रालयका हरिराम नागिलालाई घरपझोङ गाउँपालिका मुस्ताङ, लिखुपिके गाउँपालिका सोलुखुम्बुका राजेन्द्र भण्डारीलाई भीमफेदी गाउँपालिका मकवानपुर, दुर्गाथली गाउँपालिका बझाङका धर्मराज उपाध्यायलाई केआईसिँह गाउँपालिका डोटी र जिल्ला समन्वय समिति सुर्खेतका कृष्णबहादुर पन्तलाई सिम्ता गाउँपालिका सुर्खेतमै पठाएको छ।

त्यस्तै प्रशासन सिंहदरबार विशेष श्रोतका अनुसार गृहमन्त्रालयका शाखा अधिकृत शिव कुमार राईलाई भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक सरुवा गरेको छ।

मन्त्रालयले भूमि सम्बन्धी समाधान आयोगका गणेश पोख्रेललाई लिखु तामाकोशी गाउँपालिका रामेछाप, छत्रेश्वरी गाउँपालिका सल्यानका डिल्ली खड्कालाई परिवर्तन गाउँपालिका रोल्पा, मालपोत गाउँपालिका लमहीका खिमबहादुर खड्कालाई छत्रेश्वरी गाउँपालिका सल्यान, इलाका प्रशासन कार्यलय सुगौलीका कुन्दन कुमार कर्णलाई वलान विहुल गाउँपालिका सप्तरी, भाषा आयोगका आकंक्षा रिजाललाई जिल्ला समन्वय समिति म्याग्दीमा सरुवा गरेको छ।

यसैगरी परिवर्तन गाउँपालिका रोल्पाका नन्दराम परियारलाई भूमि सम्बन्धी समस्या समाधान आयोग, भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोकका मोहन प्रसाद निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिम्ता गाउँपालिका सुर्खेतका जनक बहादुर हमाललाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, घरपझोङ गाउँपालिका मुस्ताङका दिलिप सुवेदी, केआईसिँह गाउँपालिका डोटीका सुनिल ठगुन्ना र भीमफेदी गाउँपालिका मकवानपुरका जीवन कुवर तीनै जनालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...