News Portal

सल्यानको बन्गाड कुपिन्डेमा ६२ जनाले गरे नेकपा छोडी कांग्रेसमा प्रवेश

वडा नम्बर २ र ३ मा तरुणदल गठन !

हिमाली संचार संवाददाता
१४४० पटक

इन्द्रप्रकाश बुढा/सल्लिबजार – सल्यानको बन्गाड कुपिन्डे नगरपालिकामा ६२ जनाले नेकपा छोडी नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन। नगरपालिकाको वडा नम्बर १, २ र ३ बाट कांग्रेसमा पार्टी प्रवेश गरेका हुन।

वडा नम्बर १ बाट कांग्रेस पार्टीमा प्रवेश गर्नेहरुमा डिलराम शर्मा, कर्ण बहादुर राणा र चन्द्र पुनले गरेका छन भने, वडा नम्बर २ का शंकर बुढाथोकी, सितल महतारा, भुपेन्द्र महतारा, सितल केसि, टिकाराम केसि, भीमराज महतारा, मैसरा महतारा, सन्तोष केसि र चन्चल शर्माले गरेका छन। चन्चल शर्मा वडा नं २ को नेकपाबाट निर्वाचित वडा सदस्य चागुनारायण शर्माका छोरासमेत हुन।

त्यस्तै, नेकपा छोडी कांग्रेस प्रवेश गर्नेहरुमा वडा नम्बर ३ का जय बस्नेत, यानबहादुर बस्नेत, बिरबहादुर बस्नेत, लोकबहादुर बिक, राजु परियार, भुपेन्द्र पुन, धनराज पुन, हरि पुन, भरत रानालगायत ५० जनाले पार्टी प्रवेश गरेका हुन।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य डिल्लीराम रेग्मी, बिशिस्ट अतिथिमा सल्यान जिल्ला बिकास समितिका पुर्वसभापति ध्रुवराज पुरी थिए भने, अतिथिहरुमा जिल्ला समन्वय समिति सल्यानका अध्यक्ष केश बहादुर बिष्ट, नेपाली कांग्रेस सल्यानका पुर्वसचिब एकराज डिसि, जिल्ला कार्यसमितिका सदस्यहरु उषा राना, गोपाल बुढाथोकी, दिपेन्द्र बिष्ट, दुर्गा खड्का, हिमेन्द्र बाबू सेजवाल, शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी, वडा नम्बर ६ का अध्यक्ष पुरुषोत्तम आचार्य, नगरसभापति टोपबहादुर भण्डारी, नेपाल शिक्षक संघ सल्यानका अध्यक्ष एकराज बुढाथोकी, नेपाल शिक्षक महासंघ सचिब सुरेशसिंह राठौर, नेपाल सांस्कृतिक संघका केन्द्रिय सदस्य सुरेश चन्द, तरुणदल नगरपालिकाका अध्यक्ष बिजय बस्नेत, तरुणदल सुर्खेत जिल्ला सदस्य राम बहादुर बिसि, नेपाल विद्यार्थी संघ जिल्ला उपाध्यक्ष चन्द्र डाङ्गी, बिपि बिचार समाज जिल्ला अध्यक्ष नेत्रलाल वलीलगायतको उपस्थिति रहेको थियोे।

उक्त कार्यक्रम खिमलाल बिकले संचालन गरेका थिए भने, भन्द्रबिर बस्नेतको सभापतित्वमा सोमबार बामेको औलबेसीमा सम्पन्न भएको थियोे।

त्यस्तै, बन्गाड कुपिन्डे नगरपालिकाको वडा नम्बर २ मा चन्चल शर्माको अध्यक्षतामा २७ सदस्यीय वडा तरुणदल गठन गरिएको छ भने, वडा नम्बर ३ मा इन्द्र बहादुर पुनको अध्यक्षतामा ५१ सदस्यीय वडा तरुणदल गठन गरिएको बताईएको छ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...