News Portal

सिन्धुपाल्चोक जिल्लामा पीडामा थप पीडा थपिए : सिर्जना तामाङ

हिमाली संचार संवाददाता
५८१ पटक

दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो। दुईजना अझै बेपत्ता छन्। लगत्तै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा २८ गते  राति खसेको पहिरोले पहिरोले २२ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन्।

पहिरोमा परेर नागुजेमा १५जनाको शव फेला परेको छ। नागुँचे भिर्खरकमा जम्मा ३१ जना बेपत्ता भएका  मध्ये १५ जनाको शव भेटिए १६ जना वेपत्ता छन्। त्यस्तै, ८ जना घाइतेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

आज भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोक  राम्चेमा परेपछि जुगल गाउँपालिकाको उपाध्यक्ष सिर्जना तामाङ्ले थप त्रास फैलिएको बताएकी छिन्। हिमालीसंचारसँग कुरा गर्दै उनले भूकम्प गएपछि पहिरोको त्रास बढेकोले तनाव थपिएको बताएका हुन्। जुगल लिदि, चनाउटे, नाम्फा, निम्लुङ, देउराली,  बोल्दे, तेम्बाथन,  हगाम,  लगायत नागपुजेमा गएको पहिरोले तनाव भइरहेका बेला भूकम्पले त्रास थपिएको उनले बताए।

राम्चेमा २०७१ सालमा ठूलो पहिरो गएको थियो। जुरे पहिरो राम्चेमै गएको हो। अहिले पानी परिरहेको र भूकम्पको केन्द्रविन्दु राम्चेमै परेकाले समस्या थपिएको उनको भनाई छ। उनले भूकम्पले जमिन हल्लाउँदा जमिन धाँजा फाट्ने र त्यहाँ पानी छिरेर पहिरोको जोखिम बढ्ने बताए। ‘गाउँतिर सबैसँग कुरा गरें, अवस्था सामान्य छ,’ उनले भने, ‘पानी परिरहेको छ, छ, फेरि पहिरो जाने त्रास थपिएको छ।’

पहिरोले धुजा–धुजा पारेको गाउँमा भूकम्पले झन् जोखिम बढाएको उनले बताए। राम्चेमै कोरोनाबाट पहिलो मृत्यु भएको र भूकम्प पनि यही आएकाले गाउँभरि त्रास बढेको उनले बताए। उनले भने, ‘मानिसहरु फेरि पनि धक्का आउँछ कि भनेर डराएका छन्।’

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...