News Portal

हङकङमा मंगलवार कोरोना संक्रमित संख्या शून्य, हालसम्म १०२ जनाको मृत्यु

हिमाली संचार संवाददाता
४१५ पटक

युवा राई, हङकङ-  हङकङमा मंगलवार स्थानीय कोरोना संक्रमित विरामी नथपिएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ।

कोरोना संक्रमणको तेश्रो लहरपछि हङकङमा संक्रमितको संख्या शून्यमा झरेको यो पहिलो पटक हो। यद्यपि, पछिल्लो अपडेटमा ४ जना आयातित संक्रमित थपिएको सरकारको कोरोना तथ्याङ्क संकलन गर्ने वेबसाइटमा उल्लेख गरिएको छ।

हङकङमा आयातित कोरोना संक्रमितमध्ये जापानबाट हङकङ आएका दुई जना, फिलिपिन्स, रुवाण्डा र भारतबाट आएका एक एक जना रहेका छन्।

हङकङमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४,९७६ पुगेको छ। ४,६४६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। करिब १९७ जनाको उपचार भइरहेको छ। १८ जना कोरोनाका विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ। हाल सम्म कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या १०२ पुगेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...