News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज तिज पर्व : २०७५ साल भाद्र २७ गते बुधवारको राशिफल

    हिमाली संचार संवाददाता
    ६५५ पटक

    – ज्यो.प. नारायणप्रसाद दुलाल,

    मेष
    सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

    वृष
    परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

    मिथुन
    औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अधिक धन खर्च हुनेछ ।

    कर्कट
    रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउने योग परेको दिन छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

    सिंह
    आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।

    कन्या
    बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    तुला
    धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुँन सक्छ  । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

    वृश्चिक
    आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । लाभदायक यात्राको सम्भावना छ  ।

    धनु
    आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    मकर
    नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउने छ ।

    कुम्भ
    मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक कामको सिलसिलामा व्यास्त हुँने समय रहेको छ ।

    मीन
    धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

    प्रतिकृया दिनुहोस्

    रोल्पामा निर्दोष कुकुरको क्रूर हत्या : दुई किशोर पक्राउ, एक अझै फरार

    रोल्पा, वैशाख ७ – रोल्पा जिल्लाको लुङग्री गाउँपालिका–७ स्थित हारजङ भन्ने गाउँमा एक हृदयविदारक घटना...

    राप्रपाको प्रदर्शनमा शीर्ष नेताको अनुपस्थिति, विक्रम पाण्डे निषेधित घेराबाटै फर्किए

    काठमाडौं, वैशाख ७ – काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शन निषेधित...

    काठमाडौंका सडकमा ट्राफिक जाम, प्रदर्शन र सुरक्षा व्यवस्थाले सवारी अवरुद्ध

    काठमाडौं, वैशाख ७ — राजधानीका प्रमुख सडकहरू आइतबार बिहानदेखि सवारी चापले अस्तव्यस्त बनेका छन्। शिक्षक...

    काठमाडौंमा सुरक्षा कडा, निषेधित क्षेत्र नाघे कडा कारबाही हुने चेतावनी

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै...

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...