News Portal

आज तिज पर्व : २०७५ साल भाद्र २७ गते बुधवारको राशिफल

हिमाली संचार संवाददाता
७९० पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष
सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

वृष
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

मिथुन
औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अधिक धन खर्च हुनेछ ।

कर्कट
रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउने योग परेको दिन छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

सिंह
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।

कन्या
बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

तुला
धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुँन सक्छ  । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

वृश्चिक
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । लाभदायक यात्राको सम्भावना छ  ।

धनु
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर
नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउने छ ।

कुम्भ
मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक कामको सिलसिलामा व्यास्त हुँने समय रहेको छ ।

मीन
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...