News Portal

  • सिटिइभिटीका माफियालाई अनेरास्ववियु अध्यक्षको चेतावनी

    हिमाली संचार संवाददाता
    ४९० पटक

    उमेश थापा/काठमाडौं – काेभिट-१९ को कारणले नेपाल मात्रै नभएर विश्व जगत नै आक्रान्त भैरहेको अवस्था छ। यसका कारण देशको अर्थतन्त्र देखि लिएर सम्पुर्ण क्षेत्रहरुमा यसले क्षति पुर्याएको छ।शिक्षा क्षेत्रमा यसको असर झन् बढता रुपले देखा परेको छ। बिश्वबिद्धालयका बार्षिक क्यालेन्डरहरु अस्तव्यस्त भएका छन, जसले गर्दा बिद्यार्थी र अभिभावक एकदमै चिन्तित छन।

    यस्तो विषम परिस्थितिमा सिटिईभिटी भित्रका केही संस्थाका संचालक हरुले परिस्थितिको गम्भिरता नबुझिकन धमिलो पानीमा माछा मार्ने प्रयत्न गरिरहेका छन। ती संचालक भनाउदाहरु आफुलाई दलाल, माफिया र तस्कर अनि कमिसन खोरिको रूपमा आफुलाई परिचित गराउदै छन्। यिनिहरु कहिले पनि गरिब जनता निमुखाको छोराछोरीको पक्षमा अनि गुणस्तरिय शिक्षाको पक्षमा कहिल्यै कहि कतै उभिदैनन भन्ने हाम्रो ठम्याई छ।

    आज विषम परिस्थितिले गर्दा १ बर्षको कोर्ष ५ महिना भन्दा अगाडि बढन सकिरहेको छैन। यस कारणले विद्यार्थी र अभिभावक मर्कामा परे तर उल्टो यस्तो अवस्थामा पनि ती निचहरु लुटनका निम्ति प्रतिनिधित्व गर्ने शैक्षिक संस्थाका माफियाहरुले एक बर्षको पैसा त खाए खाए फेरि अर्को बर्षमा अध्ध्यन गर्न नपाई १५ दिनको सूचना निकाली दोस्रो बर्षको फि माग्ने र समय अबधी भित्र नतिरेमा १५ प्रतिशत जरिवाना लिने र पढाइ रोकिदिन्छु भनेर विद्यार्थी र अभिभावक लाई बारम्बार धम्क्याउने गरेको हामीले प्रमाणसहित फेला पारेका छौँ।

    पोखराको मणिपाल नर्सिङ क्याम्पस र जोरपाटीको NIHS लगायत अन्य विभिन्न क्याम्पसहरुले त्यस्ता हर्कत गरेको प्रमाण आएको हुनाले अनेरास्ववियु सिटिईभिटी राष्ट्रिय कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ।त्यस्ता हर्कतलाई तत्काल रोक्नका निम्ति आव्हान गर्दै ,फेरि अटेर गरेको पाइएमा अनेरास्ववियु विद्यार्थीको पक्षमा उभिदै जस्तोसुकै कदम चाल्न पनि तयार हुनेछ। त्यस्तो परिस्थितिको जिम्मेवार स्वयंम तपाईंहरु नै हुनुहुनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २३ गतेको राशिफल

    आज साउन २३, २०८२ (अगस्त ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...