News Portal

सिटिइभिटीका माफियालाई अनेरास्ववियु अध्यक्षको चेतावनी

हिमाली संचार संवाददाता
५६५ पटक

उमेश थापा/काठमाडौं – काेभिट-१९ को कारणले नेपाल मात्रै नभएर विश्व जगत नै आक्रान्त भैरहेको अवस्था छ। यसका कारण देशको अर्थतन्त्र देखि लिएर सम्पुर्ण क्षेत्रहरुमा यसले क्षति पुर्याएको छ।शिक्षा क्षेत्रमा यसको असर झन् बढता रुपले देखा परेको छ। बिश्वबिद्धालयका बार्षिक क्यालेन्डरहरु अस्तव्यस्त भएका छन, जसले गर्दा बिद्यार्थी र अभिभावक एकदमै चिन्तित छन।

यस्तो विषम परिस्थितिमा सिटिईभिटी भित्रका केही संस्थाका संचालक हरुले परिस्थितिको गम्भिरता नबुझिकन धमिलो पानीमा माछा मार्ने प्रयत्न गरिरहेका छन। ती संचालक भनाउदाहरु आफुलाई दलाल, माफिया र तस्कर अनि कमिसन खोरिको रूपमा आफुलाई परिचित गराउदै छन्। यिनिहरु कहिले पनि गरिब जनता निमुखाको छोराछोरीको पक्षमा अनि गुणस्तरिय शिक्षाको पक्षमा कहिल्यै कहि कतै उभिदैनन भन्ने हाम्रो ठम्याई छ।

आज विषम परिस्थितिले गर्दा १ बर्षको कोर्ष ५ महिना भन्दा अगाडि बढन सकिरहेको छैन। यस कारणले विद्यार्थी र अभिभावक मर्कामा परे तर उल्टो यस्तो अवस्थामा पनि ती निचहरु लुटनका निम्ति प्रतिनिधित्व गर्ने शैक्षिक संस्थाका माफियाहरुले एक बर्षको पैसा त खाए खाए फेरि अर्को बर्षमा अध्ध्यन गर्न नपाई १५ दिनको सूचना निकाली दोस्रो बर्षको फि माग्ने र समय अबधी भित्र नतिरेमा १५ प्रतिशत जरिवाना लिने र पढाइ रोकिदिन्छु भनेर विद्यार्थी र अभिभावक लाई बारम्बार धम्क्याउने गरेको हामीले प्रमाणसहित फेला पारेका छौँ।

पोखराको मणिपाल नर्सिङ क्याम्पस र जोरपाटीको NIHS लगायत अन्य विभिन्न क्याम्पसहरुले त्यस्ता हर्कत गरेको प्रमाण आएको हुनाले अनेरास्ववियु सिटिईभिटी राष्ट्रिय कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ।त्यस्ता हर्कतलाई तत्काल रोक्नका निम्ति आव्हान गर्दै ,फेरि अटेर गरेको पाइएमा अनेरास्ववियु विद्यार्थीको पक्षमा उभिदै जस्तोसुकै कदम चाल्न पनि तयार हुनेछ। त्यस्तो परिस्थितिको जिम्मेवार स्वयंम तपाईंहरु नै हुनुहुनेछ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...