News Portal

सिन्धुपाल्चोक पहिरो : ६ जनाको शव फेला, ३१ बेपत्ता, १८ घर पुरिए

५ जनाको जीबितै उद्धार गरिएको छ भने अन्यको खोजी कार्य जारी रहेको छ

हिमाली संचार संवाददाता
७३४ पटक

ईश्वर गुभाजु, सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले आठ घर र भीरखर्कमा १० घर पुरिएका छन्। पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ भने कम्तीमा १८ घर पुरिएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७का अध्यक्ष मीन बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार पहिरोमा परेर नागुजेमा ६  जनाको शव फेला परेको छ ।   नागुँचे भिर्खरकमा जम्मा ३१  जना बेपत्ता भएका छन् भने दुई जना घाइतेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धारकार्यलाई जारी राखेको मीन बहादुर श्रेषठले जानकारी दिएका छन् ।  घटनाको विस्तृत विवरण आउन बाँकी नै छ भने भर्खरैको ताजा खबर अनुसार ५ जनाको जीबितै उद्धार गरिएको छ ।


प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...