News Portal

सभामुख स्थलमार्ग हुँदै बाह्रविसे भिर्खरक नागुँचे प्रस्थान

दुर्गा श्रेष्ठ
३६५ पटक

सिन्धुपालचोक-सभामुख अग्निप्रसाद सापकोटा स्थलमार्ग हुँदै सिन्धुपाल्चोक प्रस्थान गरेका छन्। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ मा पहिरो गएपछि सभामुख सापकोटा त्यसतर्फ लागेका हुन्।

सभामुख सापकोटा अहिले स्थलमार्गहुँदै बाह्रविसे गइरहेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले हिमाली संचार लाइ जानकारी दिए। सभामुख सहितको टोली बिहान ८ बजे दोलालघाट पुगेको र वर्षाका कारण पुग्न कठिन भइरहेको उनले बताए।

गएराती आएको पहिरोकोका कारण कम्तिमा १८ घरमा क्षति पुगेको छ। स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ । गएराती आएको पहिरोको कारण बस्ती पुरिएपछि अलिहे प्रहरी प्रशासन उद्दारमा खटिएको छ।

साथै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा ‘सुबोध’ लगायतको टोलीपनि त्यसतर्फ प्रस्थान गरेको छ। स्थानिय जनप्रतिनिधिहरु त्यसतर्फ भेला भएर उद्दारको कार्य तीव्र बनाइरहेको मेयर नेमफुङ्जे शेर्पाले जानकारी दिए।

उद्दारमा कठिनाई आएका कारण सबै उद्दारमा खटिनका लागि स्थानिय सरकारले अनुरोध गरेको छ।

गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् । ०७१ सालपछि जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढी पहिरोको कारण सिन्धुपाल्चोकका जनता पिडित छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...