News Portal

हेर्नुहोस आज भदौ २८ गते आइतवारको राशिफल

हिमाली संचार संवाददाता
४९१ पटक

वि.सं.२०७७ साल भदौ २८ गते आइतवार || Sa २०२० सेप्टेम्बर १३ तारीख || नेपाल संवत ११४०


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। समयमा सहयोग नजुट्दा अवसर फुत्किन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। अप्ठ्यारो पर्दा मान्यजन र अग्रजहरूले साथ दिनेछन्। प्रतिकूल समयमा पनि सद्–व्यवहारले नतिजा अनुकूल हुन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अधैर्य व्यवहारले समस्या निम्त्याउला। फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मेहनत गर्दा काम बनाउन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पुरानो समस्या दोहोरिएला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। पछि आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा शुभचिन्तक र नजिकका साथीभाइ टाढिन सक्छन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे धनलाभ हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ। स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ। अरूका लागि समय र अर्थ खर्च गर्नुपर्ला। अप्ठ्यारो समयमा पनि अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। समय लागे पनि चिताएको काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। काम समयमा पूरा गर्न मुस्किल देखिछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ। साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। सामान्य अर्थ लाभ हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेतीहरूका लागि दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको काम बन्नेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...