आज : २०२६-०६-२७, शनिबार

बराम्ची भिरबाट खसेका मृतक परिवारलाई सहयोग दिइने

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा नं.५ स्थित साविक बराम्ची वडा नं. ४ डाडाथोकका फुल बहादुर तामाङ ‘जिम्बा’को श्रीमती बर्ष ४३ बर्षिया सञ्च माया तामाङ बिहान करिब ८ बजे तिर घाँस काट्न जादा बिम्म्रेनी रातो भिरबाट खसेर मृत्यु भएको थियो ।

मृतक परिवारलाई  नेपाल  तामाङ घेदुङद्वारा रु  १ लाख  सहयोग  गर्ने सिन्धुपाल्चोक जिल्ला तामाङ घेदुङका अध्यक्ष रेशम स्याङ्वोले  हिमाली संचारको कुराकानीमा बताए । 

मृतक सञ्चामाया तामाङ ८ महिनाको गर्भवती थिइन उनी भीरबाट खसेर लड्दा पेटबाट बच्चा बाहिर उछिट्टिएको थियो। मृतक आमासंगै बच्चाको समेत मृत्यु भएको थियो ।