News Portal

लिदि पहिरो पीडितको लागि राहत सामाग्री प्रदान

हिमाली संचार संवाददाता
३०९ पटक

सिन्धुपाल्चोक – जुगल गाउँपालिका २ लिदि गाउँका पहिरो प्रवाभितलाई राहत सामाग्री प्रदान गरिएको छ । लिदि पहिरोबाट बिस्थापित भएर सेलाङको बाँसखर्कमा अस्थायी आश्रय लिईरहेका उनिहरुलाई शनिवार खानेपानी संचयका लागि ट्याङ्की, कम्बल र मेडिकल सामाग्री प्रदान गरिएको हो ।

शान्ति फाउन्डेशनद्वारा संकलित राहत सामाग्री बागमती प्रदेश सभाका अर्थ तथा बिकास समितिका सभापती एवम सांसद सरेश नेपालले पहिरो प्रवाभित र बिस्थापितलाई वितरण गर्नुभयो । राहत वितरणका लागि बाँसखर्क स्थित अस्थायी सेल्टरमा पुग्नुभएका सांसद नेपालसँग बिस्थापित परिवारले स्थायी बासको लागि पहल गरिदिन आग्रह गरेका छन ।

टेन्टमा जीवनयापन कष्टकर बनिरहेको भन्दै उनीहरुले तत्काल ब्यबस्थित किसिमका अस्थायी संरचना बनाईदिन आग्रह गरे । पहिरोपछी लिदिबासीको जिउज्यानको रक्षाका लागि सुरक्षित स्थान खोजेर बाँसखर्क ल्याईएको स्मरण गर्दै सांसद नेपालले बर्खापछी स्थायी र सुरक्षित बासस्थान ब्यबस्थापनका लागि पहल गर्ने प्रतिवद्द्ता ब्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...