News Portal

लिदि पहिरो पीडितको लागि राहत सामाग्री प्रदान

हिमाली संचार संवाददाता
२८२ पटक

सिन्धुपाल्चोक – जुगल गाउँपालिका २ लिदि गाउँका पहिरो प्रवाभितलाई राहत सामाग्री प्रदान गरिएको छ । लिदि पहिरोबाट बिस्थापित भएर सेलाङको बाँसखर्कमा अस्थायी आश्रय लिईरहेका उनिहरुलाई शनिवार खानेपानी संचयका लागि ट्याङ्की, कम्बल र मेडिकल सामाग्री प्रदान गरिएको हो ।

शान्ति फाउन्डेशनद्वारा संकलित राहत सामाग्री बागमती प्रदेश सभाका अर्थ तथा बिकास समितिका सभापती एवम सांसद सरेश नेपालले पहिरो प्रवाभित र बिस्थापितलाई वितरण गर्नुभयो । राहत वितरणका लागि बाँसखर्क स्थित अस्थायी सेल्टरमा पुग्नुभएका सांसद नेपालसँग बिस्थापित परिवारले स्थायी बासको लागि पहल गरिदिन आग्रह गरेका छन ।

टेन्टमा जीवनयापन कष्टकर बनिरहेको भन्दै उनीहरुले तत्काल ब्यबस्थित किसिमका अस्थायी संरचना बनाईदिन आग्रह गरे । पहिरोपछी लिदिबासीको जिउज्यानको रक्षाका लागि सुरक्षित स्थान खोजेर बाँसखर्क ल्याईएको स्मरण गर्दै सांसद नेपालले बर्खापछी स्थायी र सुरक्षित बासस्थान ब्यबस्थापनका लागि पहल गर्ने प्रतिवद्द्ता ब्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...