News Portal

सिन्धुपाल्चोकको गेलुङ हाइड्रो विवाद अनुमति नै नलिई लाइन विस्तार भयपछि स्थानिय आन्दोलित

दुर्गा श्रेष्ठ
३२६ पटक

सिन्धुपाल्चोक – जुगल गाउँपालिकामा पर्ने गेलुङ खोला विवाद अझै चर्किएको छ । १२ वर्षअघि साना जलविद्युत आयोजना निर्माण गर्ने योजना अनुसार बन्न लागेको यो हाइड्रोको विवाद अन्ततः जिल्ला अदालतसम्म पुगेको छ । निजी सम्पत्ति दुरुपयोग गरेको भन्दै सिन्धुपाल्चोकको चौतारासाँगा चोकगढी नगरपालिका–२ का बासिन्दा आन्दोलित छन्।

पोल गाड्ने र तार विस्तारको काम सुरु भएपछि स्थानियले प्रतिकार नै गरेका थिए । सोमबार पुन पोल गाड्ने काम हुन थालेपछि स्थानियहरु प्रतिकारमा उत्रिएका थिए। उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । स्थानिय जग्गाधनिलाई सल्लाह नै नगरी असहमति हुँदाुहुँदै गुण्डागर्दी शैलीमा तार विस्तारको काम भएको स्थानियहरुको आरोप छ।

हाइड्रोपावरकोपोल गाड्ने क्षेत्रमा बस्ती नै पर्ने भएपछि स्थानियहरुले विरोध जनाइरहेका छन् । उनीहरुले स्थानिय तह प्रहरी प्रशासन हुँदै जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका थिए । आफूहरुको बस्ती जोखिममा परेर काम हुन थालेपछि धेरै विरोध गर्दापनि उल्टै राजनीतिक पहुँचका आधारमा पक्राउ गरिएको पीडित मध्येका एक गडुल बहादुर थापाले बताए।

आफ्नो समस्याको समाधानका लागि पहल हुनुपर्नेमा उल्टै प्रहरी प्रशासनको प्रयोग गरेर आफूहरुलाई पक्राउ गरिएको उनको भनाई छ । यता, हाइड्रोपावर कम्पनीका संचालक चुर्णप्रसाद श्रेष्ठ भने जिल्ला प्रशासन कार्यालयको रोहवरमा प्रसारण लाइनको काम भइरहेको बताउँछन् । प्रभावित क्षेत्रका जग्गाधनि मध्येका एक लालबहादुर थापाले मेगाखबरसँग भने, ‘हाम्रो असहमति हुँदाहुँदै यहाँ तार विस्तारको काम भएको छ । हामीले जिल्ला प्रशासन कार्यालयमा समेत योबारे छलफलका लागि भनेका छौं।

यहाँ बलजफति रुपमा काम हुन थालेकोमा हाम्रो विरोध हो ।’स्थानिय सरकार र प्रहरीको आडमा आफूहरुलाई धम्किपूर्ण भाषा समेत प्रयोग हुन थालेको स्थानिहरुले बताउन थालेका छन् । यो आयोजनाले हालसम्म प्रसारणलाइन निर्माणको अनुमति नै नपाएको विद्युत विकास विभागका इन्जिनियर समेत दुर्गा नारायण भुसाल बताउँछन्।

यसरी अनुमतिविनै प्रसारण लाइनको काम हुँदा यो क्षेत्रमा ६० बढी घरहरु प्रभावित बनेका छन् । स्थानिय वडाध्यक्षलाई सम्पर्क गर्दा त्यसबारे कुनै प्रतिक्रिया नदिइएको स्थानियले बताएका छन्। ५५ करोड लागतमा आयोजनाको निर्माण कार्य सुरु गरिएको भए पनि अहिले आयोजनाको लागत करिब ८० करोड रुपैयाँ पुगेको छ।

 

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...