News Portal

सिन्धुपाल्चोकको गेलुङ हाइड्रो विवाद अनुमति नै नलिई लाइन विस्तार भयपछि स्थानिय आन्दोलित

दुर्गा श्रेष्ठ
३०३ पटक

सिन्धुपाल्चोक – जुगल गाउँपालिकामा पर्ने गेलुङ खोला विवाद अझै चर्किएको छ । १२ वर्षअघि साना जलविद्युत आयोजना निर्माण गर्ने योजना अनुसार बन्न लागेको यो हाइड्रोको विवाद अन्ततः जिल्ला अदालतसम्म पुगेको छ । निजी सम्पत्ति दुरुपयोग गरेको भन्दै सिन्धुपाल्चोकको चौतारासाँगा चोकगढी नगरपालिका–२ का बासिन्दा आन्दोलित छन्।

पोल गाड्ने र तार विस्तारको काम सुरु भएपछि स्थानियले प्रतिकार नै गरेका थिए । सोमबार पुन पोल गाड्ने काम हुन थालेपछि स्थानियहरु प्रतिकारमा उत्रिएका थिए। उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । स्थानिय जग्गाधनिलाई सल्लाह नै नगरी असहमति हुँदाुहुँदै गुण्डागर्दी शैलीमा तार विस्तारको काम भएको स्थानियहरुको आरोप छ।

हाइड्रोपावरकोपोल गाड्ने क्षेत्रमा बस्ती नै पर्ने भएपछि स्थानियहरुले विरोध जनाइरहेका छन् । उनीहरुले स्थानिय तह प्रहरी प्रशासन हुँदै जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका थिए । आफूहरुको बस्ती जोखिममा परेर काम हुन थालेपछि धेरै विरोध गर्दापनि उल्टै राजनीतिक पहुँचका आधारमा पक्राउ गरिएको पीडित मध्येका एक गडुल बहादुर थापाले बताए।

आफ्नो समस्याको समाधानका लागि पहल हुनुपर्नेमा उल्टै प्रहरी प्रशासनको प्रयोग गरेर आफूहरुलाई पक्राउ गरिएको उनको भनाई छ । यता, हाइड्रोपावर कम्पनीका संचालक चुर्णप्रसाद श्रेष्ठ भने जिल्ला प्रशासन कार्यालयको रोहवरमा प्रसारण लाइनको काम भइरहेको बताउँछन् । प्रभावित क्षेत्रका जग्गाधनि मध्येका एक लालबहादुर थापाले मेगाखबरसँग भने, ‘हाम्रो असहमति हुँदाहुँदै यहाँ तार विस्तारको काम भएको छ । हामीले जिल्ला प्रशासन कार्यालयमा समेत योबारे छलफलका लागि भनेका छौं।

यहाँ बलजफति रुपमा काम हुन थालेकोमा हाम्रो विरोध हो ।’स्थानिय सरकार र प्रहरीको आडमा आफूहरुलाई धम्किपूर्ण भाषा समेत प्रयोग हुन थालेको स्थानिहरुले बताउन थालेका छन् । यो आयोजनाले हालसम्म प्रसारणलाइन निर्माणको अनुमति नै नपाएको विद्युत विकास विभागका इन्जिनियर समेत दुर्गा नारायण भुसाल बताउँछन्।

यसरी अनुमतिविनै प्रसारण लाइनको काम हुँदा यो क्षेत्रमा ६० बढी घरहरु प्रभावित बनेका छन् । स्थानिय वडाध्यक्षलाई सम्पर्क गर्दा त्यसबारे कुनै प्रतिक्रिया नदिइएको स्थानियले बताएका छन्। ५५ करोड लागतमा आयोजनाको निर्माण कार्य सुरु गरिएको भए पनि अहिले आयोजनाको लागत करिब ८० करोड रुपैयाँ पुगेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...