News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुनसरीको घुस्कीमा सशस्त्र प्रहरी र स्थानीवासीबीच झडप, १७  राउण्ड गोली चल्यो

    संवाददाता
    ३८८ पटक

    मोरङ – सुनसरीको हरिनगर गाउँपालिकाको घुस्कीमा सशस्त्र प्रहरी र स्थानीवासीबीच झडप हुँदा ६ जनाभन्दा बढी स्थानीयवासी र प्रहरी घाइते भएका छन्  ।

    भारतीय सीमा क्षेत्रबाट खसी बोका ल्याउने क्रममा पुगेको सशस्त्र प्रहरीको टोलीले पटुवा घारीमा लुकाई राखेको अवस्थामा खसीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको हो । सशस्त्र प्रहरीका हवल्दार सुबास यादवसहितको टोलीले राजश्व तिरेको बिल मागेपछि घटना झडपतर्फ मोडिएको हो । व्यापारीसँग बिल नभएपछि प्रहरीले खसी नियन्त्रणमा लिन खोजेका कारण झडप भएको हो । खसी व्यापारी ग्यास आलम र नसरुल आलमका छोरी मेहनाज खातुनलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिकार गरेका थिए ।

    त्यहाँ कुरा नमिलेपछि खसीसहित उनीहरु भागेका र केही खसीलाई नियन्त्रणमा लिने क्रममा दोहोरो झडप भएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल घुस्कीले जनाएको छ । झडप हुन थालेपछि त्यहाँ सशस्त्र प्रहरीले थप बल पठाएको थियो । उनीहरुले मोरम चोकबाट प्रहरी कार्यालयमा वार्ता गर्न जाने भनेर जाँदै गर्दा करीब डेढ किलोमिटरको दूरीमा पुग्दा स्थानीयले सशस्त्र प्रहरीको हतियार र लौरो खोस्न थालेपछि सशस्त्र प्रहरीले जवाफी फायरिङ गरेको सशस्त्र प्रहरी बल घुस्कीका सइ दिलबहादुर तामाङले जानकारी दिनुभयो ।

    प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनको लागि १७ राउण्ड हवाई फायर गरेको छ भने ७ राउण्ड अश्रुग्यास प्रहार भएको सइ तामाङले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले गोली चलाएपछि स्थानीयवासीको समूह तितर–बितर भएको थियो । स्थानीयको आक्रमणमा २ जना सशस्त्र प्रहरी हवल्दार र सहायक हवल्दार गम्भीर घाइते भएका छन्  । हवलदार सुवास यादव र सहायक हवल्दार नेत्र बस्नेत रहेका छन् ।

    केहीले ढुङ्गाले र केहीले लौरो प्रहार गरी प्रहरिलाई गम्भीर घाइते बनाएका हुन् ।  अन्य केही सशस्त्र प्रहरीका आधा दर्जन सामान्य घाइते भएको र २ जना स्थानीय पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय व्यापारी इशा अन्सारीका अनुसार स्थानीय २ जना पनि सामान्य घाइते भएका छन् । घाइते मेहनाज खातुन र कैयुम जट रहेका छन् । खातुनले भारतबाट खसी लिएर आउँदै गरेको अवस्थामा ३ जना सशस्त्रको जवानले रोकेर नियन्त्रणमा लिन खोजेपछि सशस्त्र प्रहरीले महिला माथि हातपातको प्रयास गरेको भन्दै स्थानीयवासी सशस्त्र प्रहरीमाथि खनिएको व्यापारी अन्सारीले जानकारी दिनुभयो ।

    अहिले घुस्कीमा यसै बारेमा छलफल भइरहेको भए पनि वार्ता निश्कर्षमा पुग्न सकेको छैन । यस बारेमा जिल्लाबाट सशस्त्र प्रहरीका डीएसपी र जिल्ला प्रहरी कार्यालयबाट डीएसपी नारायण चिमोरीयासहितको टोली वार्तामा सक्रिय रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ११, २०८२ (मे २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज जेठ १०, २०८२ (मे २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

    काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा...

    प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

    पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका...

    रवि लामिछानेको मुद्दामा त्रिपाठी र भण्डारीको चेतावनी : “छाड्नु नै हुँदैन”

    काठमाडौं, जेठ ९ – सहकारी कोष अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध...