News Portal

निर्मलाका आमाबुबा न्याय माग्दै काठमाडौं आए

७०३ पटक

काठमाडौं – छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबाबु काठमाडौं आइपुगेका छन् । भोलिबाट राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ ।

साउन १० मा साथी कहाँ गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन गरे । त्यही क्रममा प्रहरीको गोलीबाट एक बालक मारिए ।

सरकारले कञ्चनपुर प्रहरी र स्थानीय प्रशासनको नेतृत्व परिर्वतन गरेर छानविन थालेपछि आन्दोलन रोकिएको थियो । तर, छानविन समितिका एक सदस्यले सोमबार मात्र राजीनामा दिएका छन् भने हत्याका मुख्य अभियुक्त भनेर प्रहरीले सार्वजनिक गरेका दिलिप सिंह विष्टसँगै बम दिदीबहिनी छुटेका छन् ।

निर्मलाका आमाबुबासँगै काठमाडौं आएकी अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘छानविन समितिकै सदस्यले राजीनामा दिएपछि ‘भीआईजी’ हत्यारा पक्राउ पर्दैन कि भन्ने लाग्यो । त्यसैले न्याय माग्न उहाँहरु काठमाडौं आउनु भएको हो ।’

उनकाअनुसार निर्मलाको परिवारसँगै स्थानीयबासीले स्थानीय प्रशासनले छानविनमा सहयोग गरेको थियो । तर, पछिल्लो समय वास्तविक हत्यारा पक्राउ पार्नेमा आशंका बढ्यो । झन छानविन समितिकै सदस्यले राजीनामा दिनुका साथै पक्राउ परेकाहरु पनि छुटेपछि न्याय पाउने आश मरेको उनले बताइन् ।

अधिकारकर्मी चन्दका अनुसार सुरुमा वास्तविक हत्यारालाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाइनेछ र त्यसक्रममा आउने जवाफका आधारमा अगाडि बढ्ने तयारी छ । आवश्यक परे धर्ना समेत दिने तयारी उनीहरुको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...