News Portal

  • निर्मलाका आमाबुबा न्याय माग्दै काठमाडौं आए

    ६४३ पटक

    काठमाडौं – छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबाबु काठमाडौं आइपुगेका छन् । भोलिबाट राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ ।

    साउन १० मा साथी कहाँ गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन गरे । त्यही क्रममा प्रहरीको गोलीबाट एक बालक मारिए ।

    सरकारले कञ्चनपुर प्रहरी र स्थानीय प्रशासनको नेतृत्व परिर्वतन गरेर छानविन थालेपछि आन्दोलन रोकिएको थियो । तर, छानविन समितिका एक सदस्यले सोमबार मात्र राजीनामा दिएका छन् भने हत्याका मुख्य अभियुक्त भनेर प्रहरीले सार्वजनिक गरेका दिलिप सिंह विष्टसँगै बम दिदीबहिनी छुटेका छन् ।

    निर्मलाका आमाबुबासँगै काठमाडौं आएकी अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘छानविन समितिकै सदस्यले राजीनामा दिएपछि ‘भीआईजी’ हत्यारा पक्राउ पर्दैन कि भन्ने लाग्यो । त्यसैले न्याय माग्न उहाँहरु काठमाडौं आउनु भएको हो ।’

    उनकाअनुसार निर्मलाको परिवारसँगै स्थानीयबासीले स्थानीय प्रशासनले छानविनमा सहयोग गरेको थियो । तर, पछिल्लो समय वास्तविक हत्यारा पक्राउ पार्नेमा आशंका बढ्यो । झन छानविन समितिकै सदस्यले राजीनामा दिनुका साथै पक्राउ परेकाहरु पनि छुटेपछि न्याय पाउने आश मरेको उनले बताइन् ।

    अधिकारकर्मी चन्दका अनुसार सुरुमा वास्तविक हत्यारालाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाइनेछ र त्यसक्रममा आउने जवाफका आधारमा अगाडि बढ्ने तयारी छ । आवश्यक परे धर्ना समेत दिने तयारी उनीहरुको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...

    शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

    काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...