News Portal

सेयर गर्नुहोस् आज भदौ २७ गते शनिवारको राशिफल

हिमाली संचार संवाददाता
५३९ पटक

वि.सं.२०७७ साल भदौ २७ गते शनिवार || सन् २०२० सेप्टेम्बर १२ तारीख || नेपाल संवत ११४०

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पछिका लागि केही वस्तु त्याग्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। टाढाका साथीभाइ भेटिनाले खुसियाली छाउनेछ। कर्जामार्फत धन जुट्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि गरिएको लगानीले भने फाइदै दिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिमा पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। समयमा शुभचिन्तक तथा साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। तापनि मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला। अरूको विश्वास गर्दा धोका हुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला। हिस्सेदारसँग असमझदारी बढ्ने हुँदा पहिलेको सम्झौता भंग हुन सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...