News Portal

  • लिदीका पहिरो पिडीतलाई नेपाल तामाङ धेदुङद्वारा आर्थिक सहयोग

    हिमाली संचार संवाददाता
    ४७५ पटक

    दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जुगल १ बाँसखर्क  स्थित नेपाल तामाङ घेदुङद्वारा लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । घेदुङको पहलमा विभिन्न क्षेत्रबाट पहिरो पीडितको लागि आर्थिक सहयोग जुटेपछि आज बाँसखर्कमा बसेका पीडितहरुलाई हस्तान्तरण गरिएको जुगल गाउँपालिकको उपाध्यक्ष सिर्जना तामाङले हिमाली सञ्चारसंगको कुराकानीमा नेपाल तामाङ धेदुङद्वारा आर्थिक सहयोग गरेको जानकारी दिए ।

    सिर्जना तामाङको अनुसार घेदुङको पहलमा विभिन्न मुलकमा रहेका घेदुङ समाज मार्फत २६ लाख रकम संकलन भएको हो । याे अहिले सम्मकै सबैभन्दा ठूलाे रकम हाे । आर्थिक संकलनकाे लागि अन्र्तराष्ट्रिय परिषद् र नेपाल तामाङ घेदुङ संघीय सचिवालयले समन्वय गरेको थियो । सहयोग रकम नेपाल तामाङ घेदुङलाई बिहिबार काठमाडौंमा एक कार्यक्रमकावीच हस्तान्तरण गरिएको हो । सो रकम लिएर तामाङ नेताहरु बाँसर्क आजै पुगेर वितरण गरिएको नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक  जिल्ला अध्यक्ष रेशम स्याङबोले जानकारी दिए ।

    साउन ३० गते आएको पहिरोमा परी जुगल गाउँपालिका वडा नम्बर २ लिदीका १ सय ४१ घरधुरी विस्थापित भएका थिए । उनीहरुलाई प्रतिघरधुरी १० हजारका दरले रकम बाँडिएको स्याङ्बोले बताए । त्यसैगरी , १७ घरधुरी ध्वस्त भएको विस्थापितहरुलाई प्रतिघरधुरी २५ हजार र १२ घर मृतक परिवारलाई प्रतिघर ६० हजारको दरले बाँडिएको उनले जानकारी दिए । २६ लाख रकम घेदुङलाई हस्तान्तरण भएकोमा २५ लाख लिदीमा बाँडिएको र एकलाख रकम बराम्चेमा भिरबाट लेडेर अंगभंग भएकी एक महिलाको लागि प्रदान गरिने जिल्ला अध्यक्ष स्याङ्वोले बताए ।

    कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले, अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ट उपाध्यक्ष टासी लामा, सभासद दावा तामाङ, तामाङ घेदुङका सिन्धुपाल्चोक जिल्लाअध्यक्ष रेशम स्याङ्बो, गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ र वडा अध्यक्ष लगाएत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । बिहिबार दिउसो नेपाल तामाङ संघीय कार्यालय हलमा हस्तान्तरण गरिएको हो ।

    हङकङ तामाङ घेदुङ, नेपाल तामाङ दक्षिण कोरिया, नेपाल तामाङ घेदङ मलेशिया, तामाङ बेल्जियम, नेपाल तामाङ समाज जापन, नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराईन, तामाङ घेदुङ युके, नेपाल तामाङ घेदुङ साईप्रस, मकाउ तामाङ घेदुङ एशोसियुन, नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतार र तामाङ समाज दक्षिणकाेरियामा रहेका संघ संस्थाहरुले सहयोग गरेका हुन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...