News Portal

लिदीका पहिरो पिडीतलाई नेपाल तामाङ धेदुङद्वारा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५३४ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जुगल १ बाँसखर्क  स्थित नेपाल तामाङ घेदुङद्वारा लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । घेदुङको पहलमा विभिन्न क्षेत्रबाट पहिरो पीडितको लागि आर्थिक सहयोग जुटेपछि आज बाँसखर्कमा बसेका पीडितहरुलाई हस्तान्तरण गरिएको जुगल गाउँपालिकको उपाध्यक्ष सिर्जना तामाङले हिमाली सञ्चारसंगको कुराकानीमा नेपाल तामाङ धेदुङद्वारा आर्थिक सहयोग गरेको जानकारी दिए ।

सिर्जना तामाङको अनुसार घेदुङको पहलमा विभिन्न मुलकमा रहेका घेदुङ समाज मार्फत २६ लाख रकम संकलन भएको हो । याे अहिले सम्मकै सबैभन्दा ठूलाे रकम हाे । आर्थिक संकलनकाे लागि अन्र्तराष्ट्रिय परिषद् र नेपाल तामाङ घेदुङ संघीय सचिवालयले समन्वय गरेको थियो । सहयोग रकम नेपाल तामाङ घेदुङलाई बिहिबार काठमाडौंमा एक कार्यक्रमकावीच हस्तान्तरण गरिएको हो । सो रकम लिएर तामाङ नेताहरु बाँसर्क आजै पुगेर वितरण गरिएको नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक  जिल्ला अध्यक्ष रेशम स्याङबोले जानकारी दिए ।

साउन ३० गते आएको पहिरोमा परी जुगल गाउँपालिका वडा नम्बर २ लिदीका १ सय ४१ घरधुरी विस्थापित भएका थिए । उनीहरुलाई प्रतिघरधुरी १० हजारका दरले रकम बाँडिएको स्याङ्बोले बताए । त्यसैगरी , १७ घरधुरी ध्वस्त भएको विस्थापितहरुलाई प्रतिघरधुरी २५ हजार र १२ घर मृतक परिवारलाई प्रतिघर ६० हजारको दरले बाँडिएको उनले जानकारी दिए । २६ लाख रकम घेदुङलाई हस्तान्तरण भएकोमा २५ लाख लिदीमा बाँडिएको र एकलाख रकम बराम्चेमा भिरबाट लेडेर अंगभंग भएकी एक महिलाको लागि प्रदान गरिने जिल्ला अध्यक्ष स्याङ्वोले बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले, अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ट उपाध्यक्ष टासी लामा, सभासद दावा तामाङ, तामाङ घेदुङका सिन्धुपाल्चोक जिल्लाअध्यक्ष रेशम स्याङ्बो, गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ र वडा अध्यक्ष लगाएत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । बिहिबार दिउसो नेपाल तामाङ संघीय कार्यालय हलमा हस्तान्तरण गरिएको हो ।

हङकङ तामाङ घेदुङ, नेपाल तामाङ दक्षिण कोरिया, नेपाल तामाङ घेदङ मलेशिया, तामाङ बेल्जियम, नेपाल तामाङ समाज जापन, नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराईन, तामाङ घेदुङ युके, नेपाल तामाङ घेदुङ साईप्रस, मकाउ तामाङ घेदुङ एशोसियुन, नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतार र तामाङ समाज दक्षिणकाेरियामा रहेका संघ संस्थाहरुले सहयोग गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...