News Portal

तामाङ समाज नेपालको आयोजनामाआर्थिक सहयोग हस्तान्तरण सम्पन्न

दुर्गा श्रेष्ठ
४६१ पटक

सिन्धुपलान्चोक-तामाङ समाज नेपालको  समन्वयमा नेपाल प्रवासी तामाङ समाज कतारको विशेष सहयोगमा म्हेन्दोमाया समाज कतार र नेपाल तामाङ कलाकार संघ कतार बाट सहयोग भएकाे छ ।
सहकार्यमा सिन्धुपलान्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ लिदीस्थित गत श्रावण ३० गते गएको पहिरोबाट पिडित लिदि बासीहरुलाई अतिवाश्यक सामाग्री तथा बस्ती निर्माणका लागि दोश्रो चरणको आर्थिक सहयोग हस्तान्तरण तामाङ समाज नेपालको आयोजनामा सम्पन्न गर्यौ ।

तत्कालका लागि अस्थाई रूपमा बसोबास गरिरहेका बासखर्कमा नै हाम्रो टीम पुगेर सामान्य औपचारिक कार्यक्रम गरी अतिवाश्यक सामाग्री तथा नगद हस्तान्तरण गर्यौ । उक्त कार्यक्रममा स्थानीय निकायको तर्फबाट जुगल गाउपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सृजना तामाङ, जुगल २ का वडा अध्यक्ष प्रताप लामा, वडा सदस्य विष्णु दोङ उपस्थित रहनुभएको थियो ।

त्यसै गरी अन्य सामाजिक व्यक्तित्वहरूमा अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिव रविन लामा थिङ, हर्डबिड संस्थाका अध्यक्ष जुजुकाजी महर्जन तथा टीम, सगु प्रोडक्शनका प्रवन्धक तथा नेपाल प्रवासी तामाङ समाज कतारका मानार्थ सदस्य गणेश अधिकारी रहनुभएको थियो ।

आयोजक संस्था तामाङ समाज नेपालको तर्फबाट उपाध्यक्ष संजय वाईबा, सहसचिव अशोक सिङ्दान, कास सदस्य पदम पाख्रीन र श्याम तामाङ रहनुभएको थियो ।
सामाग्री तथा नगद
(१) ब्ल्याङ्केट – २९ थान
(२)मेट्रस – २९ थान
(४)तन्ना – २९ थान
(५)१४ थान (सेट) कपडा १४ जनालाई अविभावक विहिन बालबालिकाहरुका लागि
(६) ५० थान लत्ता कपडा (हाम्रो गोईलो हाउस)
(७) नगद – दोस्रो चरण २,१६,४५५/- (बस्ती निर्माणका लागि)
८. पहिलो चरण १,००,०००/- (हस्तान्तरण गरिसकिएको)
(जम्मा नगद रु. ३,१६ ,४५५/-)

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...