News Portal

सिर्जना लामाको नेतृत्वमा नौकुन्ड गोसाइँकुण्ड पर्यटन पदमार्गको सम्भाब्यता अध्ययन तथा डिपिआर सम्पन्न

दुर्गा श्रेष्ठ
६६० पटक

सिन्धुपाल्चोक – हजार पाइलाको यात्रा एक पाईलाबाट सुरु हुन्छ।भनेझै नौकुण्डलाई पर्यटनको  माध्यमबाट बिकसित गरि अगाडी बढाउनका निम्ती चालिएको कदम २०७७/०५/२१ देखि ०७७/०५/२५ गते सम्म सम्पन्न भयाे।

नौकुन्ड गाउकार्यपालिकाको निर्णय अनुसार उपाध्यक्ष सिर्जना लामाको नेतृत्वमा प्राबिधिक टिम र नौकुन्ड समाजकल्याण तथा पर्यटन प्रबर्द्धन समाजका टिम सहित नौकुन्ड-गोसाइँकुण्ड पर्यटन पदमार्गको सम्भाब्यता अध्ययन तथा डिपिआरको लागि सरमथली पार्च्याङ लार्च्याङटार यार्सा सिम्बन्दी र अम्बास आपचौर सर्स्यु लोकिल लाङ्बु थाङदोर सिम्बन्दी बलुवा बक्सार हुँदै नौकुन्डको रमणीय स्थल सम्म पुगिएको खबर हिमालीसंचारको कुराकानीमा जानकारी दिए।

साच्चिकै ओझेलमा रहेको नौकुन्डलाई अगाडि ल्याउन यो हाम्रो पहिलो पाइला सफल भएको अनुभुति भएको छ।

उक्त प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल नौकुन्ड गोसाइँकुण्डमा एकपटक सबै जना पुगेर मनमा आनन्द र पुण्य कमाउनु होला लामाले भनेका छन्। अब यस पदमार्गको ब्यवस्थापन तथा पुर्बाधार निर्माणको लागि उपाध्यक्ष सिर्जना लामा आफैं हर तरह रूपमा सम्बन्धित निकायसंग छलफल तथा पहल गरि मुर्त रुप दिने बताए।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...