रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका ७ अस्पताल चाैक नजिकै बनाउदै गरेको नाला भत्किएको छ ।
नाला वनाउने काम सुरु गरेको एक महिना भएता पनि उक्त नालामा कमसल ईट्टा , बालुवामा सिमेन्टको मात्रा कम भएको कारणले गर्दा नाल भित्किएकाे स्थानीय बताउँछन् । निर्माण कम्पनी लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन प्रालिले नाला बनाउदा सबै भन्दा पहिले नालामा ३ नम्बर र २ नम्बर ईट्टा प्रयोग गरेर जमिनमा हालेको थियो ।
त्यस माथि ढलान सुरु गरेर नाला बनाउने काम सुरु गरेको हाे । तर नाला बनाउन नपाउदै भत्किए पछि स्थानीय निरास भएका छन । नाला बनाउन नपाउदै भत्किए पछि अवका दिनहरुमा कसरी काम राम्रो हाेला भन्ने चासोको बिषय बनेको छ । मुख्य बजारमा नाला बनाउने काम द्रुतगतिमा सुरु भएको भएता पनि यसरी नाल भत्किए पछि बाटो निर्माण भएपछि कति भत्किने हाे भन्न थालेका छन ।
मुख्य बजारका सय बर्ष पुराना घरहरु भत्केे पछि रंगेलीकाे नयाँ मुहार फेरिनेे अासामा रहेका स्थानीय बासि खुशीले दङ्ग भएका थिए । तर सुरुमा नै कमसल काम देखेर उनिहरु निरास भएका छन । यता हुलाकी राज मार्गका ईटहरीका याेजना प्रमुख विजय कुमार महतका अनुसार उक्त सडककाे सुपरभिजन भरतिय पक्षले हेर्ने भएको हुनाले उनीहरुलाई काम कमसल भईरहेकाे जानकारी गराउने र राम्रो काम गर्ने निर्देशन दिने बताए ।
निर्माण कम्पनी लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन प्रालिले उक्त सडक कालाे पत्रे गर्ने थालेको हाे ।
रंगेली देखि कानेपाेखरीसम्म २४.४ किलोमिटर रहेको र त्यसकाे कुल लागत ७० करोड २४लाख३१ हजार ६ सय ७९ रुपैयाँ रहेको छ । उक्त सडक २०७४ असार ६ गते जिम्मेवारी पाएकाे र २०७६ असार ५ गते काम सम्पन्न गरिने सम्झौता समेत भएको छ । रंगेलीकाे मुख्य बजारमा ६५ फिट भित्रमा नै नाला बनाउन लागेपछि अब साे सडक ६५ फिट सडक बन्ने भएको छ ।