News Portal

पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही नगरे आन्दोलन गर्ने चेतावनी

हिमाली संचार संवाददाता
४५३ पटक

धनगढी – नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सञ्चार गृहमै प्रवेश गरी दिनेश एफएम तथा दिनेश खबरकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पछिल्ला दिनमा लगातार सञ्चारकर्मीमाथि भइरहेका आक्रमण प्रेस स्वतन्त्रतामाथिको हमला भएको भन्दै महासंघले विज्ञप्ति जारी गरी आक्रमणकारीलाई तत्काल कारवाहीको माग गरेको छ।

‘समाचारको विषयमा कुनै विमती भए आफ्नो धारणा राख्ने कानुनी बाटो हुँदाहुँदै केहि उच्छृङकल व्यक्तिहरुले समाचार कक्षभित्रै प्रवेश गरी पत्रकारमाथि कुटपिट गरेको घटना सिङ्गो प्रेस जगतका लागि निकै असह्य घटना हो’ पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ, ‘हामी समाचार कक्षमै प्रवेश गरी पत्रकार तथा सञ्चार गृहमाथि अक्रमणमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न प्रशासनसँग माग गर्दछौ।

साथै महासंघले घटनामा संलग्न दोषीलाई कारवाहीमा ढिलासुस्ती गरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ। शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले थुनुवा कक्षमा युवकको हत्या भएको आरोप लगाएका छन्।

उनीहरुले सञ्चार गृहका सह-सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिंहमाथि पनि हातपात समेत गरेका थिए।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...