News Portal

पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही नगरे आन्दोलन गर्ने चेतावनी

हिमाली संचार संवाददाता
४३६ पटक

धनगढी – नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सञ्चार गृहमै प्रवेश गरी दिनेश एफएम तथा दिनेश खबरकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पछिल्ला दिनमा लगातार सञ्चारकर्मीमाथि भइरहेका आक्रमण प्रेस स्वतन्त्रतामाथिको हमला भएको भन्दै महासंघले विज्ञप्ति जारी गरी आक्रमणकारीलाई तत्काल कारवाहीको माग गरेको छ।

‘समाचारको विषयमा कुनै विमती भए आफ्नो धारणा राख्ने कानुनी बाटो हुँदाहुँदै केहि उच्छृङकल व्यक्तिहरुले समाचार कक्षभित्रै प्रवेश गरी पत्रकारमाथि कुटपिट गरेको घटना सिङ्गो प्रेस जगतका लागि निकै असह्य घटना हो’ पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ, ‘हामी समाचार कक्षमै प्रवेश गरी पत्रकार तथा सञ्चार गृहमाथि अक्रमणमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न प्रशासनसँग माग गर्दछौ।

साथै महासंघले घटनामा संलग्न दोषीलाई कारवाहीमा ढिलासुस्ती गरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ। शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले थुनुवा कक्षमा युवकको हत्या भएको आरोप लगाएका छन्।

उनीहरुले सञ्चार गृहका सह-सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिंहमाथि पनि हातपात समेत गरेका थिए।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...