News Portal

सावित्रा कृषिफमले बार्षिक २० लाख रुपैयाँसम्म आमदानी

हिमाली संचार संवाददाता
५६९ पटक

रबिन्द्र बराल, मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ८ स्थित दर्वेशा चाेक नजिकैमा रहेको साबित्रा कृषिफर्मले खसी बाख्रा उत्पादन गर्ने थालेपछि कारोबारमा वृद्धि हुन थालेको छ। पूर्वी क्षेत्रको ग्रामीण भेगमा रहेर समेत अहिले उक्त कृषि फम मार्फत मनग्ये आम्दानी लिन सफल भएकाे छ।

पछिल्लो समयमा  गाउँ घरका युवाहरु वैदेशिक राेजगारीलाई निरन्तरता दिन थालेपछि गाउँमै बसेर केही गर्ने सकिन्छ भन्ने राम्रो उदाहरण बनेका छन। सावित्रा कृषि फम अहिले वेयर जातका खसी बाख्रा तथा पाठा पाठीको उत्पादनलाई निरन्तरता दिईरहेका छन। 

स्थानीयको मागलाई उक्त जातका खसी बाख्रा खरिद बिक्रीका लागि सिन्धुली , स्याङ्जा , सुर्खेत  लगायतका स्थानहरुबाट भए पनि आफुहरुले माग आपूर्तिलाई सहज बनाउन सफल भएको फम सन्चालक फडिन्द्र सुवेदीले बताए ।

पछिल्लो समयमा उन्नत जातका खसी बाख्राको माग बडन थाले पछि उत्पादन गर्ने आफूले लागि परेको समेत उनले बताए । २०७०  सालमा स्थापना भएको फमले ५० हजार रुपैयाँको लगानीमा २ वटा बाख्रा सुरु गरेका सुवेदीले अहिले २ सय वटा उन्नत जातका बाख्रा पालन  गरिरहेका छन ।

उनले उक्त खसी बाख्राका लाागि ४ बिधा खेतमा  उन्ननत जातका  धास समेत लगाएका छन । केही महिना अगाडी देखि खसीको समेत माँग आउन थालेपछि उनले पाठा पाठी उत्पादन गर्नुका साथै मासुका लागि खसी समेत उत्पादन गर्ने थालेका हुन।  अहिले उनले ३ महिनाको एउटा पाठिकाे मुल्य  न्युनतम २० हजार प्रति गाेटामा बिक्री गर्ने गरेको र  खसि  केजि ५ सय ५० रुपैयाँ प्रति किलाेका दरले बिक्रीवितरण गरेको उनले बताए ।  

वैदेशिक राेजगारीका लागि कतार  पुगेर काम गरिरहेका दुई छाेरा लाई समेत अहिले आफ्नै व्यवसायमा लाग्नका लागि आफुले बाख्रा पालनमा लागेको र दुवै छाेरालाई बिदेशी भुमिमा काम गर्नु भन्दा पनि आफ्नै देशमा केही गराै भन्ने उदेश्यले आफुले याे व्यवसाय सुरु गरेको बुवा फडिन्द्रले बताए।

उनका छाेरा रमेशले भने आफू समेत ५ बर्ष खाडीमुलुक पुगेर पसिना बगाएकाे र त्यहाँ भन्दा आफ्नै देशमा समेत केही गर्ने सकिन्छ भन्ने विश्वसका साथ आफू समेत अब बुबाको पेशामा लागेको उनले बताए।

अहिले बार्षिक आफूहरुले सम्पूर्ण खर्च काटेर बार्षिक १५ लाखदेखि २० लाख  रुपैयाँसम्म आमदानी हुने गरेको उनले बताए । सुवेदीले केही महिना अगाडी तीन महिनामै २२ किलोको खसी उत्पादन गरेर सबैलाई आश्चर्य चकित समेत पारेका थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...