News Portal

सावित्रा कृषिफमले बार्षिक २० लाख रुपैयाँसम्म आमदानी

हिमाली संचार संवाददाता
५१६ पटक

रबिन्द्र बराल, मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ८ स्थित दर्वेशा चाेक नजिकैमा रहेको साबित्रा कृषिफर्मले खसी बाख्रा उत्पादन गर्ने थालेपछि कारोबारमा वृद्धि हुन थालेको छ। पूर्वी क्षेत्रको ग्रामीण भेगमा रहेर समेत अहिले उक्त कृषि फम मार्फत मनग्ये आम्दानी लिन सफल भएकाे छ।

पछिल्लो समयमा  गाउँ घरका युवाहरु वैदेशिक राेजगारीलाई निरन्तरता दिन थालेपछि गाउँमै बसेर केही गर्ने सकिन्छ भन्ने राम्रो उदाहरण बनेका छन। सावित्रा कृषि फम अहिले वेयर जातका खसी बाख्रा तथा पाठा पाठीको उत्पादनलाई निरन्तरता दिईरहेका छन। 

स्थानीयको मागलाई उक्त जातका खसी बाख्रा खरिद बिक्रीका लागि सिन्धुली , स्याङ्जा , सुर्खेत  लगायतका स्थानहरुबाट भए पनि आफुहरुले माग आपूर्तिलाई सहज बनाउन सफल भएको फम सन्चालक फडिन्द्र सुवेदीले बताए ।

पछिल्लो समयमा उन्नत जातका खसी बाख्राको माग बडन थाले पछि उत्पादन गर्ने आफूले लागि परेको समेत उनले बताए । २०७०  सालमा स्थापना भएको फमले ५० हजार रुपैयाँको लगानीमा २ वटा बाख्रा सुरु गरेका सुवेदीले अहिले २ सय वटा उन्नत जातका बाख्रा पालन  गरिरहेका छन ।

उनले उक्त खसी बाख्राका लाागि ४ बिधा खेतमा  उन्ननत जातका  धास समेत लगाएका छन । केही महिना अगाडी देखि खसीको समेत माँग आउन थालेपछि उनले पाठा पाठी उत्पादन गर्नुका साथै मासुका लागि खसी समेत उत्पादन गर्ने थालेका हुन।  अहिले उनले ३ महिनाको एउटा पाठिकाे मुल्य  न्युनतम २० हजार प्रति गाेटामा बिक्री गर्ने गरेको र  खसि  केजि ५ सय ५० रुपैयाँ प्रति किलाेका दरले बिक्रीवितरण गरेको उनले बताए ।  

वैदेशिक राेजगारीका लागि कतार  पुगेर काम गरिरहेका दुई छाेरा लाई समेत अहिले आफ्नै व्यवसायमा लाग्नका लागि आफुले बाख्रा पालनमा लागेको र दुवै छाेरालाई बिदेशी भुमिमा काम गर्नु भन्दा पनि आफ्नै देशमा केही गराै भन्ने उदेश्यले आफुले याे व्यवसाय सुरु गरेको बुवा फडिन्द्रले बताए।

उनका छाेरा रमेशले भने आफू समेत ५ बर्ष खाडीमुलुक पुगेर पसिना बगाएकाे र त्यहाँ भन्दा आफ्नै देशमा समेत केही गर्ने सकिन्छ भन्ने विश्वसका साथ आफू समेत अब बुबाको पेशामा लागेको उनले बताए।

अहिले बार्षिक आफूहरुले सम्पूर्ण खर्च काटेर बार्षिक १५ लाखदेखि २० लाख  रुपैयाँसम्म आमदानी हुने गरेको उनले बताए । सुवेदीले केही महिना अगाडी तीन महिनामै २२ किलोको खसी उत्पादन गरेर सबैलाई आश्चर्य चकित समेत पारेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...