साच्चै कस्तो होला संसार पच्चिसौ शताब्दीमा !
होला सबैको सपना साकार पच्चिसौ शताब्दीमा!
हरपल हरक्षण विज्ञान नै मानिसका साहारा बन्नेछ,
विज्ञान होला जीवनको आधार पच्चिसौ शताब्दीमा
कसै कसैको गाँस बासको ठेगान छैन अहिले,
सबैको हुन्छ होला दरबार पच्चिसौ शताब्दीमा !
मानिस हेरि मात्र रहला सोचि मात्र रहला त्यतिबेला,
प्रबिधि अगाडि बनी लाचार पच्चिसौ शताब्दीमा !
म अनविज्ञ्य छु कतै संसारको अन्त्य त हुँदैन?
न त सधैको वसन्त बाहार पच्चिसौ शताब्दीमा !
दुर्गा श्रेष्ठ, सिन्धुपालचोक