News Portal

विव्यसका अध्यक्षद्वारा छोरालाई शिक्षक नियुक्ति

खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्ने भन्दै प्रधानाध्यापकको अस्वीकार !

हिमाली संचार संवाददाता
४३३ पटक

नविन शाही/दैलेख – विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्ना छोरालाई शिक्षक नियुक्ति गरेका छन्। दैलेखको भैरवी गाउँपालिकास्थित महादेव माध्यामिक विद्यालयका प्रधानाध्यापकले खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्न भनेपनि विव्यस अध्यक्ष गंगाराम आचार्यले आफ्नो छोरालाई नियुक्ति गर्न खोजेका हुन्।

अध्यक्ष गंगारामका छोरा टेकेन्द्रराज आचार्यलाई नियुक्ति गर्न विव्यसले निर्णय गरेको तर आफूले अस्वीकार गरेको विद्यालयका प्रअ डिल्ली आचार्यले जानकारी दिए। आन्तरिक प्रक्रियाबाट नियुक्ति गर्न नमिल्ने भन्दै विव्यस बैठकमै अस्वीकार गर्दासमेत अध्यक्ष आचार्यले ‘गाउँको कुरा आफुले मिलाई हाल्छु’ भन्दै निर्णय पारित गराएको प्रअ आचार्यको भनाई छ।

शिक्षक नियुक्तिको विषयलाई लिएर कुटपिट समेत भएको छ। सोही विषयमा जानकारी लिन खोज्दा स्थानीय गणेश आचार्यलाई सोही गाउँका भरत बुढाले कुटपिट गरेका थिए। टेकेन्द्रको नियुक्तिको विषयलाई लिएर धेरै विवाद भएपछि स्थानीय यूवाहरुको सहमतिमा मात्रै नियुक्ति प्रक्रिया अगाडी बढाउने भन्दै रोकिएको छ। प्रअ आचार्यले दुल्लूखबरसँग भने, ‘विद्यालयले कुनैपनि विज्ञापन गरेको छैन।

गाउँपालिका स्रोतबाट रकम खानेगरी विव्यसले सोझै नियुक्ति गर्न निर्णय गरेको हो। आन्तरिक प्रक्रियाबाट नियुक्ति नहुने भन्दै आगामी दिनमा खुल्ला विज्ञापनबाट प्रक्रिया अगाडी बढाइने प्रअ आचार्यले बताए। अब केही दिनमै दरखास्त आह्वान गर्छौं। प्रतिस्पर्धीबाट सकेसम्म सहमति जुटाई नियुक्ति प्रक्रिया अगाडी बढाउछौं। प्रअ आचार्यले भने, ‘सहमति नजुटेपछि खुल्ला प्रतिस्पर्धा गराउछौं।

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कम्प्युटर शिक्षक नियुक्ति गराई विद्यालयमा हाजिरसमेत गराईसकेको बताएका छन्। ‘विव्यसले निर्णय गरेर असार ३० गते नियुक्ति गरिसकेको हो।

अध्यक्ष आचार्यले दुल्लूखबरसँग भने, ‘विद्यालयबाट सूचना गरी एक जनाको मात्र निवेदन परेकोले नियुक्ति गरिएको हो तर, विद्यालयका प्रधानाध्यापकले विद्यालयले हालसम्म कुनैपनि विज्ञापन नगरिएको तथा कोहीकसैलाई शिक्षक नियुक्ति नगरेको बताउँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...