News Portal

नेपाल विद्यालय कर्मचारी संघको केन्द्रीय अध्यक्षमा केसी चयन

हिमाली संचार संवाददाता
५७६ पटक

काठमाडौं – नेपाल विद्यालय कर्मचारी संघको केन्द्रीय कार्यसमिति विस्तार गरिएको छ। केन्द्रीय कार्यसमितिका अध्यक्षमा सुर्खेतका सशीकुमार केसी सर्वसम्मत चयन भएका छन्। समितिको वरिष्ठ उपाध्यक्षमा धर्मराज पन्त(डडेल्धुरा), महिला उपाध्यक्षमा सुनिता विष्ट(ललितपुर) चयन भएका छन्।

१५ सदस्यीय केन्द्रीय महासचिवमा राजेन्द्र थुयाजु(भक्तपुर), उप–महासचिवमा महेन्द्र बि.क.(सुर्खेत), उप–महासचिव अर्थमा सोमित उप्रेती(दोलखा), सचिव अर्थमा हिमान्सु चौधरी(बर्दिया) र सचिव रम्बा अधिकारी(काठमाडौं) चयन भएका हुन्।

केन्द्रीय समितिको सदस्यहरुमा केन्द्रिय सदस्यहरु दिविराम भुसाल(काठमाडौं), भेषराज पौडेल(चितवन), तेज बहादुर शाही(दैलेख), भक्त बहादुर मगर(सर्लाही), पवनसिंह कठायत (जुम्ला), युवराज लामा(उदयपुर) र चिरञ्जीवी चौधरी(बाँके) छन् ।

यस्तै, सदस्यहरुमा रमेश बहादुर खडका(कञ्चनपुर), रिकेश श्रेष्ठ(धनकुटा), धर्मराज शाही (हुम्ला), ओमनारायण निरौला(झापा), प्रमोदप्रसाद रायथारु(पर्सा), लोक बहादुर बुढा(जाजरकोट), राजेन्द्र चौधरी(दाङ) र प्रेमबहादुर बिश्वकर्मा(संखुवासभा) चयन गरिएका हुन।

केन्द्रीय कार्यसमितिले सात वटै प्रदेशमा नयाँ कार्यसमिति चयन गरेको छ। प्रदेश १ अध्यक्षमा देविकुमारी रावत(उदयपुर), प्रदेश २ मा राम शंकर यादब(धनुषा) बागमतिमा लव बानियाँ(ललितपुर), गण्डकीमा कल्याण भिलाजु(कास्की), प्रदेश पाँचमा प्रेम पुन(बाँके), कर्णालीमा जगत सिह(सुर्खेत) र सुदूरपश्चिममा युवराज नायक(कैलाली) रहेका छन्।

प्रतिकृया दिनुहोस्

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...