News Portal

लिदी पहिरो पिडीतका लागि सुरक्षित वैकल्पिक ठाउको खोजी, स्थानीयसंग परामर्श

हिमाली संचार संवाददाता
५२५ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – लिदी पहिरोका कारणले विस्थापित पिडीत तथा पहिरोका कारणले उच्च जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका वडा नं. १ बाँसखर्क स्थित अस्थायी स्थानमा बसोबास गरिरहेका स्थानीयबासीसंग स्थानान्तरित ठाउको लागि वैकल्पिक सुरक्षित स्थानको लागि आवश्यक परामर्श गरिएको छ ।

पहिरो पिडीत विस्थापितहरुसंग जुगल-२ लिदिका स्थानीसंग जुगल-१ सेलाङको बाँसखर्क स्थित आयोजित एक कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध, पुर्व माननीय एवम् नेकपाका नेता सुवास कर्माचार्य, नेता सरल सहयात्री, जिल्ला समन्वय प्रमुख कृष्ण गोपाल तामाङ, जुगल गाउपालिका अध्यक्ष होम नारायण श्रेष्ठ, पुन निर्मित प्राधिकरणका प्रमुख, जनहित संस्थाका राजेन्द्र शर्मा, नेता चन्द्रप्रसाद सापकोटा, विधार्थी नेता, नेकपा जुगल गाउपालिकाका स्थानीय नेता, युवा, संघका नेता लगायदका ब्यक्तित्वहरुको उपस्थितिमा सर्वदलीय बैठकमा स्थानीय लिदिबासीलाई नै बैकल्कपिक सुरक्षित स्थानको छनोट गर्न दिएको थियो ।

पहिरो पिडीत स्थानीयका लागि जती सक्दो चाडो नया प्रकिया अगाडी बढाउने र सम्बन्धित निकायहरुसंग परामर्श गर्दै, योजनावद्ध तरिकाले नमूना बस्ती निर्माण गर्ने जानकारी गाउँपालिकाको अध्यक्ष होम नारायण श्रेष्ठले हिमाली संचारसंगको कुराकानीमा बताए ।

स्थानीय जनप्रतिनिधिहरुले तीन ठाउको सुरक्षित वैकल्पिक स्थानहरु मध्ये कुन ठाउ वैज्ञानिक र व्यावहारिक रुपमा प्रभाकारी सुरक्षित देखिन्छ। त्यो ठाउमा बस्ति स्थानान्तरित गरिने जुगल गाउँपालिकाको शिक्षक माहासंघका अध्यक्ष कृष्ण घिमिरेले पनी हिमाली संचारसंगको कुराकानीमा बताएका छन् ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...