News Portal

  • विश्वलाई अर्को महामारीका लागि तयार रहन डब्लुएचओको चेतावनी

    हिमाली संचार संवाददाता
    ४०६ पटक

    एजेन्सी – विश्व स्वास्थ्य संगठनले विश्वलाई अर्को महामारीका लागि तयार रहन चेतावनी दिएको छ ।  विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न चेतावनी दिएका हुन् । 

    डा. अडानोमका अनुसार अब आउने महामारीका लागि मानव जातिले निकै लगानी गर्नुपर्ने हुन्छ, अन्यथा कोरोनाको जस्तै अवस्था आउनसक्ने चेतावनी दिएका हुन् ।

    डा. टेड्रसले मंगलबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा भने “अहिलेको महामारीका कारण विश्वभर २.७१ करोड मानिस संक्रमित भए । कोरोनाका कारण ८.८८ लाखभन्दा बढी मानिसहरुको मृत्यु भइसक्यो । 

    अन्य, धेरै देशहरुमा अझै भयवाह रुपमा कोरोना संक्रमित संख्या बढिरहेको छ । यसको नियन्त्रण गर्न विश्वलाई चुनौती भैरहेको छ ।’ डा. टेड्रोसका अनुसार इतिहासलाई हेर्दा यो नै अन्तिम महामारी भने होइन । उनले भने– ‘यो जीवनको सत्य हो र यो अन्त्य हुँदैन । अब अर्को महामारी आउनुअघि नै हामीले यसका लागि तयारी गर्नुपर्छ ।’ डा. टेड्रोसले चेतावनी दिएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३ गतेको राशिफल

    आज भदौ ३, २०८२ (अगस्त १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...