News Portal

सुर्खेतको चिंगाडमा विद्यालय निर्माणमा अनियमितता

हिमाली संचार संवाददाता
४९३ पटक

सुर्खेत – सुर्खेतको चिंगाड गाउँपालिका-३स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काँडाघुवानीको दुई तले पक्की भवन निर्माण गर्दा पहिलो तलामै सम्झौता उल्लंघन गरेको पाइएको छ। विद्यालय भवनको भित्तामा इँटा, सिमेन्ट र बालुवाको प्रयोग गर्ने उल्लेख भएपनि माटो र ढुंगा प्रयोग गरेर विद्यालय व्यवस्थापन समितिले उक्त सम्झौताको उल्लंघन गरेको हो।

५० लाख रूपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवनको भित्तामा माटो र ढुंगा प्रयोग गरिएको छ। सम्झौताविपरीत काम हुँदा भवनको गुणस्तरीयतामाथि नै स्थानीयले शंका गर्न थालेका छन्।विद्यार्थी संख्याको अनुपातमा अपर्याप्त कक्षा कोठा हुँदा शिक्षा विकास निर्देशनालयले यहाँ दुई तले पक्की भवन निर्माण गर्न लागेको थियो। उक्त भवन निर्माणको जिम्मा विद्यालय व्यवस्थापन समितिले लिएको छ।

दुई तले बन्नु पर्ने भवन अहिले एक तलसम्म पूरा भएको छैन तर शिक्षा विकास निर्देशनालयबाट दोस्रो किस्तासमेत भुक्तानी भइसकेको छ। ‘विद्यालय भवन मापदण्डविपरीत भएको छ,’ स्रोतले भन्यो, ‘इँटा, सिमेन्ट र बालुवा प्रयोग गर्ने भनिए पनि माटो र ढुंगा मात्र प्रयोग गरिएको छ। जसले गर्दा भवनको गुणस्तरीयतामाथि प्रश्न चिन्ह खडा हुने उनको भनाइ छ। इँटा, सिमेन्ट र बालुवा प्रयोग नगरि निर्माण जिम्मा लिएकाले रकम हिनामिना गर्न खोजेको उनको आरोप छ।

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधविक्रम जिसीले भने माटो र ढुंगा प्रयोग गर्ने नियति नभइ बाध्यता भएको बताए। बन्दाबन्दी (लकडाउन)को समयमा इँटा, सिमेन्ट र बालुवा ढुवानी गर्न नसक्दा माटो र ढुंगा प्रयोग गरेको उनको भनाइ छ।

‘लकडाउनमा सामग्री ढुवानी गर्न समस्या भयो,’ उनले भने, ‘त्यसैले सम्झौता अनुसार काम हुन सकेन। भित्तामा प्रयोग गरिएका ढुंगा पनि राम्रो प्रयोग गरेका छौं। भवनको अन्य काम सम्झौताअनुसार भएको उनले बताए।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर जिसीले विद्यालयको भवन निर्माण कार्य सम्पन्न नभएको बताए। ‘भवन निर्माण कार्य सकिएको छैन,’ उनले भने, ‘अहिले नै यसो भयो उसो भयो भन्नु राम्रो हुँदैन। भवन कार्य सकिएपछि सम्झौताअनुसार भए नभएको विषय उठाउनु पर्ने उनको भनाइ छ। उनले यसो भनिरहँदा सुरुदेखि त्रुटि गर्ने र पछि भवनलाई रंगरोगन गरेर सम्झौताविपरीत भएको काम लुकाउन खोजेको स्रोतको भनाइ छ।

शिक्षा विकास निर्देशनालयले पनि सम्झौताअनुसार काम नभएको बताएको छ। सम्झौतामा भवनको भित्ता निर्माण गर्दा इँटा, सिमेन्ट र बालुवा प्रयोग गर्ने भनिए पनि माटो र ढुंगा प्रयोग भएको बताएको छ।

शिक्षा विकास निर्देशनालयबाट प्राविधिक कोरोनाका कारण अनुगमन गर्न नसक्दा विद्यालय व्यवस्थापन समितिले आफूखुसी सम्झौताविपरीत काम गरेको शिक्षा विकास निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले बताइन्।

लकडाउनले हामी फिल्ड जान सकेनौं,’ उनले भनिन्, ‘विद्यालय व्यवस्थापन समितिले ढुंगा र माटो प्रयोग गरेको हामीलाई जानकारी गराएन। पछि हेर्न जाँदा सम्झौताभन्दा फरक काम भएको पाइयो। अरु काम सम्झौताअनुसार भए पनि भित्ता भने सम्झौताविपरीत भएको उनको भनाइ छ।

विद्यालय व्यवस्थापन समितिले नागरिकसँग ढुंगा र माटो प्रयोग गर्ने विद्यालयको निर्णय शिक्षा विकास निर्देशनालयमा जानकारी गराएको भने पनि शिक्षा विकास निर्देशनालयले भने अहिलेसम्म माटो र ढुंगा प्रयोग गर्ने विषय जानकारी नआएको बताएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...