News Portal

बाक्सिलाको धिर्नुडाडा स्थित जिएसएम र सिडीएमएको टावरमा विधुत जडान

हिमाली संचार संवाददाता
५८९ पटक

दिलीप राई, बाक्सिला – खोटाङ जिल्लाको उत्तरी भेगमा अबस्थित केपिलासगढी गाउपालिका वडा नं. ४ स्थित बाक्सिलाको धिर्नुडाडामा रहेको जिएसएम र सिडीएमएको टावरमा केन्द्रीय विधुत जडान गरिएको छ ।

पालिका अध्यक्ष कृष्ण कुमार राईका अनुसार आज केपिलासगढी बाक्सिला वडा नं.४ स्थित धिर्नुडाडामा जिएसएम र सिडीएमएको टावरमा विधुत जडान गरिएको जानकारी दिएका हुन् । लामो समयदेखि विभिन्न कारणले मर्मत सम्भार समेत नभएको उक्त टावरको प्राविधिक चेकजाच पछि संचालनमा आएको समेत पालिका अध्यक्ष राईले बताएका छन् । 

विधुत जडान नहुदा गत चैत्रमा विधुत अवरुद्ध हुदा टेलिफोन सेवामा समस्या रहेको जनगुनासो रहेको भएपनी यसको सम्बोधन सम्बंधित निकायले गरेको थिएन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क गाउपालिका र केपिलासगढी गाउपालिका लगायतका जनता लाभान्वित हुने भएका हुन् ।

विधुत जडान नहुदा टावर संचालन हुन सकेको थिएन । लामो समयदेखि प्रभावित टावर मर्मत, नेपाल विधुत प्राधिकरणका प्राविधिक टोलीलाई पालिका अध्यक्ष राईले  विशेष धन्यबाद दिएका समेत दिएका छन् ।

सदरमुकाम दिक्तेलमा फोर’जी फाइवरबाट संचालनमा रहेपनी अन्य पालिकाहरुमा प्राविधिक कारणले समस्या रहेको छ । यसमा प्राविधिक समस्या रहेको बुझिएको छ। जसको लागि हरेक कोणबाट यसको प्रभावकारीमा आफ्नो दबाब रहने समेत जानकारी दिएका राईले यस क्षेत्रमा फोर’जी नेट चाडै संचालन हुने विश्वास ब्याक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...