News Portal

पूर्वमन्त्री र जिल्ला प्रमुखले हेलम्बु गाउँपालिका पहिरो पिडितलाई राहत वितरण गरे

दुर्गा श्रेष्ठ
३८७ पटक

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५ बोल्देका पहिरो पिडितलाई राहत वितरण गरिएको छ । पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङ जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ लगाएतले विस्थापितको घरदैलोमा पुगेर पहिरोको अनुगमन समेत गरेको छ ।

अनुगमन गर्ने दौरानमा पहिरो पीडित विस्थापितलाई अस्थायी वासस्थानको लागी आवस्यक सामाग्री प्रदान गरिएको छ ।

पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङको पहलमा बोल्देका विस्थापितलाई राहत सामाग्री उपलव्ध गराइएको हो । सांसदसहित जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ सामेबार राहत सामाग्री लिएर बोल्दे पुग्नुभएको थियो ।

पहिरोले घरवास नै जोखिममा परेपछि विस्थापित स्थानीयका लागी खानेपानीका लागी पाईप, अस्थायी शौचालय र म्याट लगायतका सामाग्री प्रदान गरिएको छ । यसअघि नै जिल्ला समन्वय समितिले बोल्देका विस्थापितका लागी टेण्ट लगायतका सामाग्री व्यवस्था मिलाइसकेको छ ।

बोल्देबासीका लागी तत्काललाई अस्थायी व्यवस्थापन भएपनि उनीहरुको स्थायी वासस्थान व्यवस्थापनमा अब लाग्नुपर्ने पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङले बताउनुभयो । सांसद तामाङले अब जिल्लामा जति पनि बिस्थापित भएका छन् ति सबैलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भइरहेको बताउनुभयो ।

उहाँले नमुना एकिकृत बस्तिको निमार्ण गरि विस्थापितहरुलाई स्थानान्तरण गर्न प्राविधिक सर्बेको काम भइरहेको पनि बताउनुभयो । स्थानियले जंगली जनावरले समेत आफुहरुलाई बस्न खान नदिएको भन्दै गुनासो गरेपछि तामाङले वैकल्पिक खेतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

पिडितहरुलाइ सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले अब सबै पालिकाका जनप्रतिनिधि भएर साझा ढंगले अगाडि बढ्ने छलफल भइरहेको भन्दै विस्थापितहरुको उचित ब्यबस्थापनका लागि काम भइरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...