News Portal

  • पर्यटनमन्त्री भट्टराईको जन्मदिनमा मुस्कान खातुनलाई सहयोग

    हिमाली संचार संवाददाता
    ४१५ पटक

    काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले एसिड पीडित मुस्कान खातुनलाई एक महिनाको आफ्नो तलव ५० हजार सहयोग दिएर जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा मुस्कान खतुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले नगद ५० हजार रूपैयाँ प्रदान गरेको उनको स्वकीय प्रेस गुराइले जानकारी दिएका छन ।

    भट्टराईले विगतदेखि नै आफ्नो जन्मदिनको अवसरमा केही न केही रचनात्मक काम गर्दै आएका छन। भट्टराईले आफ्नो फेसबुक स्टाटस लेख्दै भनेका छन: “आज मेरो खातुनको जन्मदिन शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु।” मन्त्री भट्टराईले विगतका बर्ष झै आफ्नो जन्मदिनको अवसरमा यस बर्ष एसिड पिडित बालिका खातुनलाई आर्थिक सहयोग  गरेका हुन । 

    गत भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । मन्त्री भट्टराईले खातुनलाई सहयोग गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन । 

    “गत माघ महिनामा होटल हायातमा आयोजना भएको एक भब्य कार्यक्रममा मुस्कान खातुनसँग भेट हुन पुग्यो । केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्न संचार माध्यमबाट सार्वजनिक भएपछि मैले थाहा पाएको थिएँ । हायातको कार्यक्रममा बहिनी मुस्कानको बुलन्द भाषणमा सहभागीहरुले तालीको गडगडाहावटले मुस्कानलाई उत्साहित बनायो ।

    जब मञ्चमा मैले मुस्कानलाई सम्मान गर्ने मौका पाए उहाँको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने बचन दिएको थिएँ । आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु् । बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु ।”

    मन्त्री भट्टराईले थप थपेका छन् : “केही दिन अघि मात्र प्रधानमन्त्रीज्यूले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनु भएको छ । मुस्कानलाई डाक्टर बन्ने इच्छा छ बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पुरा हुनेछ । हार्दिक शुभकामना मन्त्री भट्टराईले फेसबुक स्टाटस लेखेका छन् ।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...