News Portal

नेपाली कांग्रेस काेरिया सम्पर्क मञ्चद्वारा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४५६ पटक

रबिन्द्र बराल, माेरङ– मोरङको रंगेली नगरपालिका ३ स्थित रञ्जनी चाेक नजिकै बसाेवास गर्दे आएका चेतनाथ दाहालका १६ बर्षिया छाेरी कञ्चन दाहाल तीन बर्षकाे उमेरमा ढाडमा पिलो आएपछि डाक्टरको सल्लाह अनुसार पिलाेको अप्रेशन गराए पछि कञ्चन अपाङ भएकी थिइन ।

उनी अहिले हुईलचियरको साहारमा आफ्नो दैनिकी विताई रहेकी छिन् । उनको स्वास्थ्य अवस्था देखेर नेपाली कांग्रेस काेरिया सम्पर्क मञ्चद्वारा उनकाे घर पुगेर आर्थिक सहयोग गरेको छ । काेरियमा रहेका नेपाली दाजु भाइहरुले रकम संकलन गरी उनको  घर पुगेर परिवारलाई आईतबार नगद ४२ हजार ३ सय रुपैयाँ सहयोग गरेका छन ।

उक्त रकम बालिकाको पालनपोषणका लागि हस्तान्तरण  गरिएको नेपाली कांग्रेस काेरिया सम्पर्क मञ्चका पुर्व सदस्य टंक श्याम भट्टराईले बताए। कार्यक्रममा वडा अध्यक्ष धनश्याम पनेरु, स्थानीय  विकाश  सिवाकोटी,  मञ्चका पुर्व सदस्य टंक बानियाँ लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...