News Portal

मेलम्ची नगरपालिकाका ३० घर पहिरोको उच्च जोखिममा

हिमाली संचार संवाददाता
३६३ पटक

दुर्गा श्रेष्ठ/सिन्धुपालचोक – मेलम्ची नगरपालिका ३० घर परिवार पहिरोको जोखिम रहेकाले स्थानान्तरण गर्नुपर्ने भएको छ। वडा नम्बर ६,७,८ र १० का गरि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेको केही ठाउँमा पहिरोले घरनै लगेकाले अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने देखिएको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले जानकारी दिए।

अनुगमनका क्रममा पहिरोबाट जोखिम भएका स्थानमा संरक्षण गरेर पनि नहुने देखिएकाले तकाल मानिसहरुलाई अन्यत्र सारिएको छ। उनीहरुको सुरक्षित स्थानान्तरणको व्यवस्थापनका लागि वडाहरुसँग समन्वय गरेर काम भइरहेको उनले बताए।

केहि व्यक्तिहरुलाई सुरक्षित स्थानमा भएका खाली घरहरुमा सारिएको छ। केही आफन्तकोमा र केहि त्रिपाल हालेर बसेका छन्। समस्त अवस्थाको अध्ययन गरी सुरक्षित वासस्थानको लागि नगरपालिकाले पहल गरिरहेको छ।

गृहमन्त्रालयले विपदमा (पहिरो, बाढी, कटान, डुबान) परि २०७७ मा पूर्णरुपमा क्षति भएका निजि आवासहरु निर्माणका लागि २०७२ मा भूकम्प आउँदा निर्माण गरिएका निजि आवासजस्तै प्रक्रियामा ती घरहरुको निर्माण गर्ने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...