News Portal

  • मानव बेचबिखनको शैली परिवर्रतन, जमुनाहा नाकाबाट तीनको उद्धार

    हिमालीसंचार संवाददाता
    ५०३ पटक

    नेपालगन्ज – समय र प्रविधिको प्रयोगसंगै अहिले मानव बेचबिखनको शैलीमासमेत परिवर्रतन भएको छ। प्रविधिको प्रयोग र नयाँ शैलिका कारण उद्धारमा समस्या हुने गरेको उद्धारमा लागेका सामाजिक संस्थाहरुले बताउदै आएका छन।

    पछिल्लो समय कर्णाली प्रदेशमा पनि भारतलगायत अन्यदेशमा मानबेचबिखनका घटनाहरु हुने गरेका छन। मानव बेचबिखन तथा ओसारपसार यसको अन्त्य, सभ्य समाज र सामाजिक रुपान्तरण अवको गन्तव्य भनिएपनि त्यो ब्यवाहारमा लागु भएको छैन।

    एक बर्षकोमा जोखिम पूर्ण यात्रामा रहेका ५ सय ७७ जनालाई नेपाल भारत सिमाना जमुनाहा नाकाबाट उद्धार गरिएको छ। कोरोराना महामारीसँगैको बन्दाबन्दीको समयमा मात्र ३ जनालाई उद्धार गरिएको छ।

    खोजतलास तथा उद्धारका लागि परेका निवेदनमध्ये २ बालिका र १ किशोरलाई उद्धार गरिएको हो। हालसम्मको अवधिमा खोजतलास तथा उद्धारका लागि ३ दर्जन बढी निवेदन परेको अभिलेख छ।

    मानव बेचबिखन तथा ओसार पसारको अन्त्य, सुसंस्कृत सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य’ भन्ने नाराका साथ आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदै छ।

    कोरोना भाईरसको जोखिमका कारण औपचारिक रुपमा र्याली सभा जस्ता कार्यक्रम भने आयोजना गरिएको छैन। सार्क महासन्धी २००२ लाई विक्रम सम्बत् २०६३ साल भदौ २० गते प्रतिनिधि सभाले अनुमोदन गरेको सम्झनामा यो दिवस मनाइँदै आएको छ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोना महामारीकै बीचमा बेचबिखनका क्रममा भारत पुर्याइएका २१ जना महिलाको उद्धार भएको बताउनु भएको छ।

    उहाँले मानव बेचबिखन र ओसारपसार व्यक्ति, परिवार, समुदाय र देशभित्रको मात्रै नभई विश्वव्यापी समस्या भएको यस बिरुद्द सबैको सहयोग र सहकार्य आवश्यक रहेको औंल्याउनु भयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...