News Portal

मानव बेचबिखनको शैली परिवर्रतन, जमुनाहा नाकाबाट तीनको उद्धार

हिमालीसंचार संवाददाता
५५९ पटक

नेपालगन्ज – समय र प्रविधिको प्रयोगसंगै अहिले मानव बेचबिखनको शैलीमासमेत परिवर्रतन भएको छ। प्रविधिको प्रयोग र नयाँ शैलिका कारण उद्धारमा समस्या हुने गरेको उद्धारमा लागेका सामाजिक संस्थाहरुले बताउदै आएका छन।

पछिल्लो समय कर्णाली प्रदेशमा पनि भारतलगायत अन्यदेशमा मानबेचबिखनका घटनाहरु हुने गरेका छन। मानव बेचबिखन तथा ओसारपसार यसको अन्त्य, सभ्य समाज र सामाजिक रुपान्तरण अवको गन्तव्य भनिएपनि त्यो ब्यवाहारमा लागु भएको छैन।

एक बर्षकोमा जोखिम पूर्ण यात्रामा रहेका ५ सय ७७ जनालाई नेपाल भारत सिमाना जमुनाहा नाकाबाट उद्धार गरिएको छ। कोरोराना महामारीसँगैको बन्दाबन्दीको समयमा मात्र ३ जनालाई उद्धार गरिएको छ।

खोजतलास तथा उद्धारका लागि परेका निवेदनमध्ये २ बालिका र १ किशोरलाई उद्धार गरिएको हो। हालसम्मको अवधिमा खोजतलास तथा उद्धारका लागि ३ दर्जन बढी निवेदन परेको अभिलेख छ।

मानव बेचबिखन तथा ओसार पसारको अन्त्य, सुसंस्कृत सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य’ भन्ने नाराका साथ आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदै छ।

कोरोना भाईरसको जोखिमका कारण औपचारिक रुपमा र्याली सभा जस्ता कार्यक्रम भने आयोजना गरिएको छैन। सार्क महासन्धी २००२ लाई विक्रम सम्बत् २०६३ साल भदौ २० गते प्रतिनिधि सभाले अनुमोदन गरेको सम्झनामा यो दिवस मनाइँदै आएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोना महामारीकै बीचमा बेचबिखनका क्रममा भारत पुर्याइएका २१ जना महिलाको उद्धार भएको बताउनु भएको छ।

उहाँले मानव बेचबिखन र ओसारपसार व्यक्ति, परिवार, समुदाय र देशभित्रको मात्रै नभई विश्वव्यापी समस्या भएको यस बिरुद्द सबैको सहयोग र सहकार्य आवश्यक रहेको औंल्याउनु भयो।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...