News Portal

बागलुङ ढोरपाटनका बाढी पिडीतका लागि प्रतिव्यक्ति ५० हजार राहत वितरण

हिमाली संचार संवाददाता
४०१ पटक

काठमाण्डौ । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार आएको बाढीबाट ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५० हजारका दरले राहत वितरण गरिएको गण्डकी प्रदेशका मुख्य पृथ्वी सुब्बा गुरुङ बताए ।

मन्त्री गुरुङका अनुसार बाढीमा बाँचेका तर घर गुमाएर विस्थापितहरुका लागि टेन्ट, मेट्रेस, भाँडाकुँडा, प्राथमिक उपचारका सामग्री, लगायत राहत सामग्री पनि आज हस्तान्तरण गरेका छौं । यी सामग्री आजै पोखराबाट लगेका हुन् । 

मन्त्री गुरुङ बाढी प्रभावितहरुको अस्थायी बसोबासका लागि तत्काल सहयोग गर्छाैं । यसमा पालिका र संघको पनि सहयोग हुनेछ । स्थायी आवास निर्माणका लागि संघ सरकारले उपलब्ध गराउने प्रतिपरिवार ३ लाख रुपैयाँमा गण्डकी प्रदेशले समेत थपेर सहयोग गर्नेछ । बाढी प्रभावितहरुको पक्की र भूकम्प प्रतिरोधी आवास बन्नुपर्छ भन्ने प्रदेश सरकारको मान्यता हामी साकार पार्नेछौं । 

मन्त्री गुरुङका अनुसार भुजीखोलाको किनार आफैंमा जोखिमपूर्ण ठाउँ रहेको यसको विपत्ति स्थानीय जनताले भोक्नु परेको, अब बाढी विस्थापितहरुलाई सुरक्षित स्थानमा एकीकृत बस्ती बनाएर राख्ने समेत जानकारी दिएका छन् । यो कामका लागि प्रदेश सरकारले काम सुरु गर्न बिलम्व गर्नुको छैन 

बाढी गएकै दिन घटनास्थल पुग्ने चाहना भएपनी मौसमी प्रतिकूलका कारण धटना स्थल पुग्न नसकेको पनि मन्त्री गुरुङले हिमाली संचारसंगको कुराकानीमा त्यसका लागि स्थानीय पिडीतसंग क्षमा याचना समेत गरेका थिए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...