News Portal

जुम्लामा आगलागी, डेढ करोडभन्दा बढीको क्षेति !

हिमाली संचार संवाददाता
४६८ पटक

खलङ्गा – जुम्लाको सदरमुकाम खलङ्गामा रहेको चन्दननाथ नगरपालिका–५ मुख्य बजारमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको क्षेति भएको प्रहरीले जनाएको छ। मुख्य बजारमा रहेको देवेन्द्र शर्मा र लविनध्वज खाँडको घरमा आगलागी हुँदा १ करोड ४० लाख ५८ हजार १०० रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको हो।

प्रहरीले तयार पारेको मुचुल्कामा शर्माको ३८ लाख ८२ हजार र भाडामा रहेको राष्टु कठायतको आस्था जनरल स्टोरको गोदाममा आगलागी हुँदा ५० लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको उल्लेख छ।

प्रहरी सहायक निरीक्षक देवराज भट्टराईले लविनध्वज खाँडको घरमा कपडा पसल गरिरहेका पदमराज चौलागाईंको ६ लाख रुपैयाँको क्षति भएको बताउनु भयो। शर्माको घरबाट सल्केको आगोले दुई घरमा १ करोड ४० लाख रुपैयाँका धनमाल जलेका उहाँको भनाई छ।

चन्दननाथ नगरपालिकाको दमकल तथा सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियताले आगो निभाएका हुन। सोलार ब्याट्री पड्किएर भएर आगलागी भएको प्रहरीको अनुमान छ।

चन्दननाथ नगरपालिकाले आगलागी पीडित ८ जनालाई चामल र प्रतिव्यक्ति १० हजारका दरले राहतस्वरुप रकम उपलब्ध गराएको छ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...