News Portal

जुम्लामा आगलागी, डेढ करोडभन्दा बढीको क्षेति !

हिमाली संचार संवाददाता
४४५ पटक

खलङ्गा – जुम्लाको सदरमुकाम खलङ्गामा रहेको चन्दननाथ नगरपालिका–५ मुख्य बजारमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको क्षेति भएको प्रहरीले जनाएको छ। मुख्य बजारमा रहेको देवेन्द्र शर्मा र लविनध्वज खाँडको घरमा आगलागी हुँदा १ करोड ४० लाख ५८ हजार १०० रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको हो।

प्रहरीले तयार पारेको मुचुल्कामा शर्माको ३८ लाख ८२ हजार र भाडामा रहेको राष्टु कठायतको आस्था जनरल स्टोरको गोदाममा आगलागी हुँदा ५० लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको उल्लेख छ।

प्रहरी सहायक निरीक्षक देवराज भट्टराईले लविनध्वज खाँडको घरमा कपडा पसल गरिरहेका पदमराज चौलागाईंको ६ लाख रुपैयाँको क्षति भएको बताउनु भयो। शर्माको घरबाट सल्केको आगोले दुई घरमा १ करोड ४० लाख रुपैयाँका धनमाल जलेका उहाँको भनाई छ।

चन्दननाथ नगरपालिकाको दमकल तथा सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियताले आगो निभाएका हुन। सोलार ब्याट्री पड्किएर भएर आगलागी भएको प्रहरीको अनुमान छ।

चन्दननाथ नगरपालिकाले आगलागी पीडित ८ जनालाई चामल र प्रतिव्यक्ति १० हजारका दरले राहतस्वरुप रकम उपलब्ध गराएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...