News Portal

प्रेसको ज्याकेट दुरुपयोग गर्ने युवा पक्राउ

हिमाली संचार संवाददाता
३९० पटक

काठमाण्डौ । प्रेस लेखिएको ज्याकेट लगाएर बिहिवार ललितपुरको पुल्चोकमा प्रहरीमाथी ढुंगा हान्‍ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

झडपका क्रममा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्‍ने महालक्ष्मी नगरपालिका वडा नं.१ का २१ वर्षीय अनिश महर्जनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार इमाडोलबाट पक्राउ गरेको हो।

महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार उनले पत्रकारको परिचय दिने ज्याकेटको दुरूपयोग गरेको खुलेको छ। ‘उनी पत्रकार होइनन्, उनीसँग पत्रकारको परिचय खुल्ने कुनै विवरण भेटिएन’, थापाले भने, ‘उनले फोटो, भिडियो खिच्‍ने गरेको पाइयो। केही भिडियो युट्युबतिर पनि हालेको भेटिएको छ।’

पुल्चोकमा भएको झडपका क्रममा ट्राफिक प्रहरी जवान कमल प्रसाद घिमिरेलाई कुटपिट गर्नेसहित प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेर हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...