आज : २०२६-०९-२७, आइतबार

जेरीको रोड संस्थाका सस्थापक आशिष लामाको पहलमा निःशुल्क स्वास्थ्य उपचार दिँदै जुगलमा  

सिन्धुपाल्चोक -जुगल गाउँपालिका वडा नं ६ उतरी भेगमा रहेको दुर्गम गाउँमा जेरीको रोड संस्थाका सस्थापक आशिष लामाको पहलमा विगत ३ वर्ष देखि प्रत्येक महिनाको २ पटक निःशुल्क स्वास्थ्य उपचार दिँदै जुगल ६ हगाम ,हाप्रा बासीहरुलाई सेवाहरु दिदैआइरहेको छ।

आफनो गाउँ ठाऊमा आफ्नो मात्र दुःख नभई सम्पूर्णको दुख सम्झेर लामाले हगाम हाप्रामा जेरीको रोड सस्थासंग आब्रध भई उहाँले विभिन्न प्रकारका रोग समस्या लाई हल गर्न डाक्टर सहितको टोली लिएर ६ घण्टाको बाटो हिँडेर जुगल ६ बासीको निःशुल्क रोग परिक्षण गर्न को निम्त घाम पानी नभनी गरिब जनतालाई सेवा दिरहेका छन् लामाले विपन दलित आदिवासी जनजातिहरुलाई शिक्षामा समेत सहयोग गरेको छ ।

वर्षको दुई पटक सम्म बिदेशी अनुभवी डाक्टरहरु ल्याएर हगाम लगायत जुगल गाउँपालिकाको गाउँ गाउँमा गएर निशुल्क स्वास्थ्य सेवाहरुदिदै आइरहेका छन् ।

आर्थिक रुपमा कमजोर ब्यक्तिहरुलाई सम्बन्धित रोग अनुसारको उपचार काठमाडौको बिबिन्न्न अस्पतालमा लगेर उपचारमा व्यवस्था गरेको जानकारी दिएका छन्।

साथै लामाले जुगल ६ हगाममा हस्पिटल बनाउने समेत हिमाली संचारको कुराकानीमा जानकारी गराउनु भएको छ।