News Portal

युवतीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ

हिमाली संचार संवाददाता
४७४ पटक

काठमाडौँ – सामूहिक बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटले मुगु सोरु गाउँपालिका १० घर भई चन्द्रागिरी बस्ने वर्ष २८ को लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका १० घर भई चन्द्रागिरि बस्ने वर्ष २३ को रतनबहादुर शाहीलाई पक्राउ गरेको हो।

एक हप्ताअघि काठमाडौँको चन्द्रागिरि १ दहचोक बस्ने एक महिलालाई उनीहरुले सामूहिक बलात्कार गरेका थिए।

त्यसपछि उनीहरुविरुद्ध प्रहरीमा ती युवतीले जाहेरी दिएकी थिइन्। पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको थानकोट प्रहरी प्रमुख घनश्याम श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...