News Portal

  • पोल्याण्डमा हात्ती भगाउनेे नयाँ तरिका

    हिमाली संचार संवाददाता
    ३६४ पटक

    पोल्याण्ड – कोरोना महामारीका कारण लकडाउनमा घरमै थुनिँदा, जागिर र व्यवसाय गुमाउँदा, घुमफिर गर्ने स्वतन्त्रता गुमाउँदा विश्वका करोडौं मानिसहरुमा मनोवैज्ञानिक समस्या देखिन थालेको विभिन्न अध्ययनहरुले देखाएकै छन्। मानिसहरुको यस्तो तनावको वास्तविक समाधान त कोरोना भाइरसविरुद्धको खोप पत्ता नलाएसम्म नहुने पक्का छ।

    यही मेलोमा पोल्याण्डका वैज्ञानिकहरुले चाहिँ हात्तीको तनाव कम गर्न गाँजाको तेल खुवाउन थालेका छन। पोल्याण्डको राजधानी वार्सास्थित एक चिडियाखानामा रहेका हात्तीहरुको तनाव कम गर्नका लागि गाँजाको तेल उपयोगी हुने तथ्यलाई पुष्टि गर्न उनीहरुले हात्तीको रगत, र्याल र अन्य नमूना समेत लिएर परीक्षण गरेका थिए।

    चिडियाखानाकी भेटेनरी डाक्टर एग्नेज्का जुकोस्काका अनुसार घोडा तथा कुकुर लगायतका जनावरको तनाव तथा एन्जाइटी कम गर्नका लागि गाँजाको तेल लाभदायी हुने कुरा यसअघि नै प्रमाणित भैसकेको थियो।चिडियाखानामा रहेका जिराफ, हात्ती, पोलार भालु तथा गैँडा लगायतका जनावरमा पनि त्यही विधि अबलम्बन गर्न सकिन्छ कि भनेर उनीहरुले प्रयास सुरु गरेका छन् र पहिलो चरणमा चिडियाखानामा रहेका ३ वटा हात्तीमा परीक्षण गरेका छन्।

    गत मार्चमा चिडियाखानामा रहेको साथी हात्ती मरेसँगै ती तीनवटा हात्तीहरु तनावका कारण असामान्य व्यवहार देखाउन थालेका थिए। सोही कारण निकट भविष्यमै गर्भवती हुने सम्भावना रहेको एक पोथी हात्तीलाई जोखिम हुने, हात्तीहरु एक आपसमा लडेर दाह्रा भाँच्ने वा घाइते हुने जोखिम रहेको उनको भनाइ छ। त्यसैले चिडियाखानामा त्यस्तो अप्रिय घटना नहोस् भनेर हात्तीको तनाव घटाउन गाँजाको तेल खुवाउने परीक्षण उनीहरुले सुरु गरेका हुन्।

    हात्तीलाई गाँजाको तेल खुवाउन लागेको भनी कतिपयले आलोचनासमेत नगरेका होइनन्। हात्तीलाई ड्रग्स खुवाएको भनेरसमेत आलोचना भएसँगै चिडियाखानाले गाँजाको तेल ड्रग्स नभएको र यसमा गाँजामा हुने लठ्याउने तत्व टिएचसी नहुने प्रष्ट पारेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३ गतेको राशिफल

    आज भदौ ३, २०८२ (अगस्त १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...